Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

काल सर्प योगमा विश्वास नगर्न ज्योतिषको आग्रह

\"\"काठमाडौँ । ज्योतिषहरूले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क रहन आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै उनीहरुले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गरे । काल सर्प योगका नाममा ४०० व्यक्तिबाट प्रतिव्यक्ति रु पाँच हजार दरले रकम उठाई ठगी गरिरहेको उनीहरुको भनाइ थियो । नेपाल पञ्चांग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले बुधबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले कालसर्प योग शास्त्र विरुद्धको कुरा हो भन्दै यो अप्रमाणित, अशास्त्रीय श्लोक भएकाले ज्योतिषी पनि सतर्क हुनुपर्ने अवस्था आएको बताए । अर्को प्रसंगमा उनले जनैपूर्णिमाको दिन ग्रहण परेकाले उपकर्म तथा रक्षाबन्धन नाग पञ्चमीका दिन गर्नुपर्ने बताए । परिषद्का अध्यक्ष माधवराज पाण्डेले काल सर्प योगको नाममा दिन दहाडै सर्वसाधारण तथा अशिक्षित नागरिक ठगीमा परिरहेकाले सञ्चार माध्यमले यसलाई प्राथमिकता दिएर प्रसारण गरी ठगी कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले काल सर्प योग गलत, भ्रमपूर्ण भएको तथा तर्कपूर्ण नभएको भन्दै यो सरासर ठगी धन्दा भएको बताए । ज्योतिषी कृष्ण अधिकारीले ब्रह्मवीर ग्रन्थमा काल सर्प योगबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै धेरै मानिस ठगीमा परिसकेको बताए । नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले यसबर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उपकर्म, रक्षाबन्धन धर्मशास्त्र र परम्परा नाग पञ्चमीमा गर्नुपर्ने बताए । उनले अर्ध रात्रिकाल भन्दा अगाडि ग्रहण प¥यो भने नागपञ्चमीमा रक्षाबन्धन गर्नुपर्ने चर्चा गरे । उनले भने ‘हिन्दू धर्मको मूलग्रन्थमा कहीँ पनि कालसर्प योग भेटिएको छैन, त्यसैले कालसर्प योग सत्य होइन, यो सरासर ठगी हो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending