श्रावण १४ गते, २०७४ शनिवार 29th July, 2017 Sat११:४५:३१ मा प्रकाशित
कञ्चनपुरको वनवासामा बेलायती युवराजको भ्रमणका सिलसिलामा आएका बेलायती डाक्टरले वि.सं. १९३२ मा जंगबहादुर राणाको स्वास्थ्य परीक्षा गरी उनको मुटुमा बोसो जम्न थालेकाले चाँडै मृत्यु हुनसक्ने कुरा बताएका थिए । वनवासाबाट काठमाडौं फर्केपछि जंगबहादुरले आफ्नो चल–अचल सम्पत्ति छोराहरुलाई बाँडिदिए । त्यसबैला उनका मन परेका छोरा बबरजङ्ग र अर्का छोरा नरजङ्गको मृत्यु भयो । उनको मन परेको हात्ती जंगप्रसाद पनि त्यहीबेला मर्यो ।
वि.सं. १९३३ को मंसिरमा उनी शिकारका निमित्त काठमाडौंबाट हिँडे । यो शिकार उनका लागि आखिरी शिकार थियो । जानुभन्दा अगाडि राजा सुरेन्द्रसँग बिदावारी हुन थापाथलीबाट हनुमानढोका दरबारमा गए ।
त्यहाँ उनले, ‘यसपाली म धेरै गलेको छु, फर्केर आउन सक्छु कि सक्दिनँ, एकपल्ट पहिले जस्तै बुइँ चढाएर घुमाउन पाऊँ’ भनेर राजालाई भने । त्यसबेला जंगबहादुरको उमेर ५९ वर्षको थियो र राजाको उमेर ४५ वर्षको थियो । राजाले स्वीकृति दिएपछि उनले राजालाई बुइँ चढाएर घुमाए । यो कुरा जुद्धशमशेरले भनेको भनि बालकृष्ण समले आफ्नो पुस्तक मेरो कविताको आराधनामा लेखेका छन् ।
त्यो उनको अन्तिम शिकार थियो । किनभने उनी त्यहाँबाट काठमाडौं कहिल्यै फर्केनन् । उनी थानकोटबाट मार्खुको बाटो भई हेटौंडा पुगे अनि बारा जिल्लाको सिमरौनगढमा पुराना किल्लाहरुको भग्नावशेषमा घुम्दै पत्थरघट्टामा वागमती नदीका किनारमा पुगे । त्यहाँ उनले एउटा भीमकाय पाटेबाघको शिकार गरे ।
शिकारको भलिपल्ट उनी बिरामी भए । उनलाई दिसा पनि लागेको थियो, कहिले जाडो कहिले गर्मी भएको थियो । शिकारमा उनीसँग श्री ३ बडामहारानी हिरण्यगर्भकुमारी (मैयाँ महारानी) र अरु चार महारानी (पुतली महारानी, अन्तरी महारानी) आदि पनि सँगै थिए ।
कृष्णगोविन्द भन्ने नेपाली वैद्यलाई बोलाउँदा उनको नाडी एकदम कमजोर भइसकेको कुरा भने । त्यसैबेला काठमाडौंमा जंगबहादुर सिकिस्त विरामी भएको र उनका भाइ धीर र छोराहरुलाई पत्थरघट्टा आउन खबर गयो । त्यसबेला सवारीमा उनका भतिजा अमरजंग (भाइ जगतशमशेरपुत्र) मात्र थिए । बिरामी भएपछि उनलाई पनि जंगले चिनेनन् । बालकृष्ण समले जंगलाई अफिम प्रतिदिन चाहिन्थ्यो भनी लेखेका छन् ।
जंगबहादुर पत्थरघट्टामा बिरामी भएका बेलामा उनले अफिम राख्ने गरेको कन्तुर अर्को वासतर्फ लगिएको रहेछ । त्यहीबेला एउटा रुखमा मजुर बस्न आयो । जंगले गोली हाने तर लागेन । उनी ज्यादै राम्रा निशानेबाज थिए, तर अन्तिम समयमा आँखा नदेख्ने भएका थिए । दुई चोटि रगत वमन भएपछि जंगले मैयाँ महारानीलाई भनेका थिए, ‘तिमी आइनौ भने म नरकको कुकुर हुन पुग्नेछु ।’ त्यसबेला त्यहाँ धीरशमशेर आइसकेका थिए । मैयाँ महारानीले धीरशमशेरलाई भनिछिन्– ‘हजुरको दाईलाई भुजा म पकाउँला तर तमाखु टक्र्याउने मिश्रीलाई र मालिस गर्ने पुतलीलाई किन नल्याएको भने के भन्ने ?’ यसबारे पद्यजंगले केही लेखेका छैनन् ।
पत्थरघट्टामा बागमती नदीको किनारमा ५९ वर्षको उमेरमा वि.सं. १९३३ को फागुन १६ गते गोविन्दद्वादशी मा जंगबहादुरको मृत्यु भयो ।
(प्रकाश ए राजद्वारा लिखित ‘राणा प्रधानमन्त्रीहरुको जीवनी’ नामक पुस्तकबाट)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: