Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

क्षेत्र निर्धारण 'प्रदेशबाट'

\"\"काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले पहिले \'प्रदेश स्तर\' बाटै क्षेत्र निर्धारण गर्ने भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँगको छलफलपछि आयोगले दलहरूको सुझावका आधारमा \'प्रदेशस्तर\' बाटै क्षेत्र निर्धारण गर्ने जनाएको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'पहिले प्रदेशस्तरमा जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गर्ने, त्यसपछि मात्र प्रत्येक जिल्लामा एउटा अनिवार्य हुने गरी क्षेत्र निर्धारण गर्न दलहरूले दिएको सुझावमा आयोग सहमत भएको छ,\' आयोग र दलका प्रतिनिधिबीचको छलफलपछि कांग्रेस नेता विमलेन्द्र्र निधिले अन्नपूर्णसँग भने, \'अब आयोगले पनि सोहीअनुसार काम अगाडि बढाउनेछ ।\' सरकारले २१ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउन साउन ५ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले आइतबार दलका नेतालाई आफ्नै कार्यालय सिंहदरबारमा बोलाई छलफल गरेको थियो । दलहरूले जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी जनसंख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमताका पक्षलाई निर्वाचन क्षेत्र निर्धारण गर्दा ध्यान दिन आयोगलाई सुझाएका छन् । छलफलमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता विमलेन्द्र निधि, रामशरण महत, मीनेन्द्र रिजाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र्र महतो, फोरम लोकतान्त्रिकका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत सहभागी थिए । आयोगले संविधानअनुसार १ सय ६५ सिटको प्रतिनिधिसभा र ३ सय ३० सिटको प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने छ । हाल कायम रहेको ७५ वटै जिल्लामा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र हुने गरी क्षेत्र निर्धारण गर्नुपर्ने \'टिओआर\' संविधानमै व्यवस्था छ । आयोगले खोज्यो दुई विषयमा प्रस्टता क्षेत्र निर्धारण आयोगले प्रमुख राजनीतिक दलका नेताहरूसँग प्रतिवेदन तयार पार्नुअघि दुईवटा विषयमा संवैधानिक प्रस्टता खोजेर आइतबारको बैठक बोलाएको थियो । आयोगका सदस्य माधव अधिकारीका अनुसार संविधानको धारा २८६ को उपधारा ५ मा उल्लिखित आयोगको टिओआर र संविधानकै अनुसूचीमा रहेको ७७ जिल्लाको प्रावधानमा आयोगले प्रस्टता खोजेको हो । त्यसैलाई विषय बनाउँदै आयोगले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेको आयोगका सदस्य अधिकारीले बताए । \'संवैधानिक व्यवस्थामै भएका केही प्रावधानमा हाम्रा र दलका बुझाइ के–कस्ता छन्, कति समानता छ भन्ने विषयमा बुझ्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिएको हो,\' अधिकारीले भने । संविधानको धारा २८६ (५) मा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्याबीचको अनुपात समान हुनेगरी निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि ७५ जिल्ला रहँदै आएकोमा रुकुम र नवलपरासीलाई टुक्र्याएर संविधानको अनुसूचीमा ७७ जिल्लाको व्यवस्था छ । अहिलेसम्म के गर्‍यो आयोगले ? २१ दिनभित्र प्रतिवेदन बुझाउन सरकारले दिएको कार्यादेशअनुसार गठन भएको आयोगले सिंहदरबारमा कार्यालय स्थापना गरेर काम थालेको छ । यसै क्रममा उसले संवैधानिक व्यवस्थाअनुसार सूचना संकलन, तथ्यांक विश्लेषणलगायत काम गरिरहेको छ । क्षेत्र निर्धारणमा सुझाव दिन आयोगले सातदिने सार्वजनिक सूचना जारी गरिसकेको छ भने राजनीतिक दललाई लिखित रूपमै सुझाव दिन आग्रह गरेको छ । पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, विराटनगरलगायत मुख्य सहरमा आयोगले सुझाव संकलनका लागि कार्यक्रम नै राखेको छ । यी स्थानमध्ये केहीमा आयोग पदाधिकारी नै पुगेर सूचना संकलन गरिसकेका छन् भने केहीमा जाने तयारीमा छन् । \'हामीसँग समय छैन, सबै स्थानमा सुझाव संकलन गर्न जान भ्याउने अवस्था पनि रहेन,\' आयोग सदस्य अधिकारीले भने, \'मुख्य सहरहरूमा मात्र सूचना संकलन गर्ने गरी कार्यविधि बनाएर काम थालेका छौं ।\' राजनीतिक दलका नेतासँग परामर्श गर्नुअगाडि आयोग पदाधिकारीले कानुन, ग्रामीण विकास, भूगोल, समाजशास्त्रका ज्ञाता र विद्यार्थीसँग पनि छलफल गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending