Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

टर्च लाइट दिन नमान्दा हत्या, १५ वर्षपछि पक्राउ

\"\"झापा । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए । अभियुक्त भट्टराईलाई गत साउन ११ गते बिर्तामोड नगरपालिका–४ स्थित मुक्तिचोकबाट पक्राउ गरिएको प्रनाउ थेवेले बताए । “फरार अभियुक्त खोजी अभियानअन्तर्गत भट्टराईको खोजी गरिरहेका थियौँ”, उनले भने, “अभियुक्त बिर्तामोडमै रहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दा समात्न सफल भयौँ ।” मृतकका दाजु धनबहादुर क्षेत्रीले दिएको उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपसमेत गरी अनुसन्धान भइरहेको र मृतकका आफन्तलाई खोजी गरी सम्पर्कमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । यसरी भएको थियो हत्या घटना गत २०५८ फागुन २६ गते बेलुका करिब २१ः३० बजेतिरको हो । ताप्लेजुङको साविक आम्बेगुदिन–५ घर भई झापा साविक खुदुनाबारी–७ हाल अर्जुनधारा–३ बस्ने ३८ वर्षीय ३८ भूपेन्द्र भनिने भीमबहादुर भट्टराईले बजारमा खुकुरी किने । उनले खुकुरी किनेपछि मादक पदार्थसमेत सेवन गरे । घरतर्फ जाँदा बाटोमा शिविरका लागि पानी तान्ने पम्प मेसिनको चौकीदार गरी बसेका शरणार्थी शिविरका सन्तबहादुर अधिकारी क्षेत्रीसँग टर्च लाइट मागे । अधिकारीले टर्च लाइट दिन इन्कार गरेपछि सामान्य विवाद भयो । विवादपछि सन्तबहादुरले भट्टराईलाई प्रहार गरे । रक्सीको मातले लठ्ठ भट्टराई आवेशमा आएर सन्तबहादुरलाई लछारपछार पार्दै करिब २० मिटर टाढा खुदुनाबारी–७ र ९ को सिमानामा पर्ने सुखानी खोलामा पु¥याई खुकुरीले निर्ममतापूर्वक टाउको, कुम तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरे । हत्यापछि खुकुरीसमेत खोलामा फालेर उनी फरार भए । अपराधबाट उन्मुक्ति पाउने हेतुले मलेसिया, कम्बोडिया, भियतनामलगायतका देशमा बसी केही समयअघि घरमा आई बसोबास गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनको खोजी गर्दा बिर्तामोडबाट पक्राउ गर्न सफल भएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending