Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

यदी ट्रम्प शरणार्थी भएका भए...

एजेन्सी । शरणार्थी समस्याको गाम्भीर्य प्रस्ट्याउनका लागि एक सिरियाली कलाकारले अमेरिकी राष्ट्रपतिलाई सर्वसाधारणको रुपमा प्रस्तुत गरेका छन्। \"\"अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। उनको काखमा एउटी सानी बच्ची, हातमा संभवत: हराएका परिवारजनका तस्वीरहरु र ढाडमा गुन्टा देखिन्छ। सिरियाली कलाकार अब्दल्ला अल-ओमारीले संसारभरका नेताहरुलाई निर्वासित र शरणार्थीहरुको हुलियामा चित्रण गरेका छन्। \"\" ओमारी स्वयमं पनि विस्थापित छन् र उनले आफ्नो रचनात्मकताका निम्ति यही आक्रोश प्रयोग गरेका थिए। यो पेन्टिङ्मा तपाईं जर्मन चान्सलर एंगेला मर्केललाई देख्न सक्नु हुन्छ।   \"\" तर ओमारी आफ्नो आक्रोशमा मात्र अड्की रहेनन्। उनले शक्तिशाली व्यक्तिहरुलाई निर्वस्त्र गर्ने र उनीहरुलाई आफू जस्तै दु:ख महशुस गराउने खालका उनको कल्पनामा रहेका चित्रहरु उतारे। \'मेरो मद्दत गर्नुहोस् न\' भन्ने सन्देश हातमा लिएका तस्वीरका व्यक्ति रुसी राष्ट्रपति भ्लादिमीर पुटिन हुन्। \"\" ओमारी भन्छन्, \"म उनीहरुको शक्ति खोस्न चाहन्थें, आफ्नो मद्दत गर्नका लागि होइन, ती नेताहरुलाई उनीहरुको मानवता फिर्ता दिनका लागि र जनतालाई दयनीयपनको शक्तिले के हासील गर्न सक्छ भनेर देखाउन म त्यस्तो गर्न चाहन्थें। \"\" यी प्रख्यात नेताहरुलाई गरिमापूर्ण देखाउनुको साटो ओमारीले शक्ति र आकर्षणका सबै प्रतिक मेटाइदिए। पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको यो तस्वीर हेर्नुहोस्। \"\" \"मैले असदको चित्र बनाएकोमा दु:ख अनुभव गरेँ। यो ज्ञानरहित संसारमा हामी केवल असुरक्षित अनुभव गर्न सक्छौं। अदृश्य हावाले हाम्रो शरिरमा ठूलो भारी राखिदिन्छन्। यद्पि उनीहरु रहस्यमयी ढंगले हामीलाई फेरी उठ पनि भन्छन्\" सिरियाका राष्ट्रपति बशर अल असदको यस चित्रसंगै उनले लेखेका थिए। \"\" ‌ओमारीले यी नेताहरुलाई निराश भावमा प्रस्तुत गरेका छन्। तपाईं नेताहरु ज्यान बचाउनका लागि भागिरहेको देख्न सक्नुहुन्छ। \"\" नाङ्गो खुट्टा र हातमा सीसी समातेर बसेका छन् निकोलस सारकोजी। उनको साथमा छन् फ्रांस्वा ओलांद। फ्रान्सका दुई पूर्व राष्ट्रपति। \"\" यो श्रृंखलामा कलाकारले शक्तिशाली नेताहरु राजनीति प्रति वास्ता नराख्ने रुपमा दर्शाएका छन्। यहाँ उत्तर कोरियाका नेता किम जोंग उन एउटा बच्चाको हुलियामा छन्, उनले पछाडी क्षेप्यास्त्र लुकाएका छन्। \"\" \'आउनुस् चिच्च्याएर भनौं, म कमजोर छु तर तपाईंहरु जो आधिकारिक रुपमा सबैभन्दा शक्तिशाली हुनुहुन्छ, त्यति धेरै शक्तिशाली पनि हुनुहुँदैन। त्यसैले आउनुस् यसको सामना गर्नुस्।\' अल-ओमारी चेतावनी दिन्छन्। उनको यो काम www.abdallaomari.com मा पनि हेर्न सक्नुहुन्छ। बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies