Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गृहमन्त्री शर्माको यो प्रतिबद्धताः जसले फेरिने छ काठमाडौंको मुहार

\"\"काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौंमा भरिएको विकृति र विसंगतीको धुलो हटाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । शुक्रवार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौंको लैनचौरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने ‘काठमाडौंमा भरिएको विकृति र विसंगतीको धुलोलाई हटाउन प्रतिबद्ध छु, त्यसका लागि जनताको सहयोग चाहेको छु ।’ काठमाडौंको विकृति अन्त्यका लागि गृह प्रशासनले ब्यवस्थित प्रहरी परिचालन गर्ने उल्लेख गर्दै मन्त्रि शर्माले भने ‘सड्कमा उड्ने धुलो मात्र हैन, काठमाडौं धेरै खालको धुलोले भरिएको छ जसले हाम्रो महानगर र राजधानीलाई विकृति बनाएको छ, यो विकृतिको अन्त्य हुनुपर्छ ।’ ‘ति विकृतिहरु सड्कमा मात्र छैन कोठा भित्र पनि छ, त्यो विकृति हल गर्नु अबको दायित्व हो’ मन्त्री शर्माले भने, ‘त्यसमा गृह प्रशासनको मुख्य भुमिका रहन्छ, जसमा तपाई नागरिकको सहयोग भयो भने थोरै समयमा काठमाडौं क्लिन हुनेछ ।’ काठमाडौंबासिलाई आफ्नो टोल र गल्लिमा हुने गतिविधिको रिपोर्ट गर्न आग्रह गर्दै मन्त्री शर्माले भने ‘हरेक टोल र गल्लीको रिपोर्ट पाएमा प्रहरीले काम गर्न सक्नेछ, त्यसमा प्रहरी कर्मचारीलाई थोरै पनी बद्मासी गर्न दिईने छैन ।’ काठमाडौंमा ढुक्कले सास फेर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको गृह प्रशासनको मुख्य कार्यभार रहेको उल्लेख गर्दै मन्त्रि शर्माले हरेक टोल र गल्लिमा सामुदायिक प्रहरीले जनतासँग जोडिएर \'क्लिन\' काठमाडौं बनाउने बताए । ‘सुरक्षाको पहिलो आधार सचेत नागरिक हुन्, नागरिकको सहयोगबिना प्रहरीले मात्रै सवै कुरा गर्न संभव छैन’ उनले भने, ‘सिमित संख्यामा रहेका प्रहरीको एकल प्रयत्नमा मात्रै सुरक्षा संभव हुँदैन, त्यसका लागि जनस्तरबाट सहयोगको आवश्यकता छ ।’ सामुदायिक प्रहरीको अहिलेको कामलाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले अब हरेक टोलहरुले आफ्ना सुरक्षा स्वयंसेवक तयार गर्नुपर्ने बताए । ‘हरेक टोलमा हुने स्वयंसेवकलार्इं सहजिकरण गर्नका लागि प्रहरीहरु हुनेछन्’ मन्त्री शर्माले भने, ‘हरेक सामाजिक ईकाई र गल्लीहरुमा सिसि क्यामरा हुनेछन्, त्यसलाई कन्ट्रोलबाट नियन्त्रण गरिने छ, हरेक घर, होटल गल्ली र स्टेडियम भित्र के भईरहेको छ भन्नेकुरा जनताले थाहा पाउनुपर्छ, त्यो कुराको \'मनिटरिङ\' सुरक्षा निकायले गर्नेछन् ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending