विसं २०६६ मा सञ्चालनमा आएको उक्त सडक हालसम्म सामान्य मर्मतसम्भारकै भरमा प्रयोग हुँदै आएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा मालिका गाउँपालिकाले प्रदेश समपूरक कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँ बजेट विनियोजन गरी सडक स्तरोन्नतिको काम अघि बढाएको थियो।
निर्माणको जिम्मा पाएको मङ्गला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्धारित समयभन्दा १५ दिनअघि नै काम सम्पन्न गरेको जनाएको छ। कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेका अनुसार इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद निर्माण कार्य समयमै सम्पन्न गरिएको हो।
स्तरोन्नतिपछि तीनदेखि चार मिटर चौडाइ रहेको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ। साथै सडकमा नाली निर्माण, ग्रेड मिलाउने, घुम्ती सुधार, ग्याबियन तथा पलम पर्खाल निर्माण र कजवे निर्माणको कामसमेत सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।
पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाका अनुसार आयोजनाअन्तर्गत ११ हजार घनमिटर भित्ता कटान, ४४५ घनमिटर ग्याबियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान तथा २७ घनमिटर पलम पर्खाल निर्माण गरिएको छ। हाल आयोजनाको प्राविधिक नापजाँच तथा मूल्याङ्कनको काम भइरहेको छ।
यो सडक मालिका गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिकाका नागरिकका लागि महत्वपूर्ण आवागमन मार्ग हो। गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले यसलाई चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त योजनामध्ये एक रहेको बताए।
सडक स्तरोन्नतिसँगै स्थानीयवासीलाई आवागमनमा सहजता हुनुका साथै ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: