विप्लव निकट क्रान्तिकारीका सचिवद्वारा पार्टी परित्याग
श्रावण २२ गते, २०७४ आइतवार 6th August, 2017 Sun०९:४८:५८ मा प्रकाशित
काठमाडाैं ।विप्लव निकट क्रान्तिकारीका सचिव राम बहादुर विकले पार्टी छाडेका छन् । एक प्रेस नोट जारी गर्दै उनले पार्टी छाडेको घाेषणा गरेका हुन् ।
यस्तो छ उनले जारी गरेको प्रेस नोट
विभिन्न खाले सामाजिक,सास्कृतिक राजनैतिक विभेद तथा उत्पिडन हरु बाट मुक्त गराइ समुन्नत,बैज्ञानिक समाज को परिकल्पना गरेको महान जनयुध्द मा वीर सहिदहरु,बेपत्ता योध्दाहरु,घाइते अपाङ्गहरु र महान श्रमजिबि जनता को त्याग र बलिदान बाट प्राप्त उपलब्धिको रक्षा गर्ने र क्रान्तिका बाकी अभिभारा पूरा गरि बैज्ञानिक समाजबाद स्थापना गर्न निसर्त एकीकृत जनक्रान्ती मा त्याग गर्ने मेरो सपना र यात्रामा आज पूर्णविराम लगाउने निर्णय गर्दैछु ।
बढी जसो मेरो राजनीतिक जीवन नेपालको शैक्षिक रुपान्तरण गर्ने यात्रामा बित्यो।स्पस्ट बिचार,त्यसको नेतृत्व र क्रान्तिकारी पार्टीले निर्माण गर्ने कार्यदिशामा रहि शैक्षिक आन्दोलनको श–सक्त प्रभाव र रुपान्तरणले राजनीतिक आन्दोलनमा सेवा पुर्याउने मेरो निस्वार्थी भावनामा पार्टी भित्रका विभिन्नखाले गलत चिन्तन, कार्यशैली,नेतृत्वमा देखिएको पुर्वाग्रही सोच,सामन्ती आडम्बर आदिबाट म सोच्न बाध्य भएँकी सायद यस्तो गलत सोच चिन्तन प्रवृत्तिले ग्रस्त नेतृत्वको टिमबाट कतै एकीकृत जनक्रान्ती खतरनाक धराप र अर्थ उपार्जन को साधन त बन्दैन किनकी क्रान्ती भित्र त्याग, समर्पण, हार्दिकता पुर्ण सस्कारको उच्चतम रुप व्यक्त हुन्छ। त्याग र समर्पण भाव र संस्कारबाट माओवादी आन्दोलनले छोटै समयमा जनताको मन जित्न र उपलब्धि हासिल गर्न सफल भएको हो।
यसमा उत्पिडित वर्ग क्षेत्र समुदायको पनि महत्वपुर्ण योगदान रहेको कुरालाइ बिर्सन सकिँदैन। माओवादी नेतृत्वमा सन्चालित् महान् जनयुद्धलाई यो उचाइसम्म पुर्याउन र जनताका आवाज लाइ सडकमा शक्तिशाली बनाउन नेपाली विद्यार्थीको योगदान झन अपुरणिय छ, यसको नेतृत्व अखिल (क्रान्तिकारी)ले गरेको कुरा कसैले पनि नजर अन्दाज गर्न सक्दैन । तर, पछिल्लो चरणमा पार्टीभित्र देखिएको सर्वसत्तावादी सोच, सामन्ती चिन्तनका कारण संगठनको स्वत्व र अस्थित्व नै ध्वस्त पार्ने, जनवर्गीय सङ्गठनहरु लाई दास रैती ठान्ने, आफ्नो स्वार्थका लागि आवस्यकतामा प्रयोग गर्ने सजिला साधन ठान्ने जुन प्रवृत्ति हावी हुँदै गयो यसले पार्टी र संगठन विघटन हुने कुरा कसैले चाहेर पनि रोक्न नसक्ने निस्चित छ ।
यस्ता गलत कुरा कुनै हालत मा पनि स्विकार्न सकिँदैन ।संगठन को संरचना कस्तो बनाउने, नेतृत्व कस्तो बनाउने, संघर्ष कसरी सञ्चालन गर्ने यो केन्द्रीय समितिको अधिकार को कुरा हो । यसमा पार्टीको स्विकृति लिनु अनिवार्य पनि हुन्छ । तर, सम्बन्धित जनवर्गीय संगठनहरुलार्इ जानकारी नै नदिइ, छलफल नै नगरी, छापामार शैलीमा गम्भीर निर्णय गर्नु यो घोर निरकुंश, अराजनैतिक र अराजक तरिका भएन र ?
यसरी विभिन्न कमिटिका आधारभुत अधिकारलाई कन्डेम गर्ने शैली क्रान्तिका लागि उपयुक्त हुन्छ ? के बैज्ञानिक समाजवादमा यस्तै सोच र शैली हुन्छन् ? यस्ता आफ्ना अनुकुलता मा फरक–फरक ब्याख्या गर्ने तरिका र शैलीले प्रस्टै हुन्छ कि नेतृत्वले के सोची रहेको छ र के गरि रहेको छ भन्ने कुरा।
पार्टी र संगठन रुपान्तरणका लागि १६ बुँदे १३ बुँदे लिखित र मौखिक रुपमा धेरै पटक ध्यानाकर्षण गराइयो, तर ती विषयप्रति कहिल्यै गम्भीरता देखिएन प्राविधिक ढङ्गबाट टालटुल गर्न खोजियो, लामो समयसम्म धैर्यता पनि गरियो । तर, सुतेको मान्छेलार्इ उठाउन सकिन्छ, भेस राखेकोलाई उठाउन सकिँदैन भन्ने कुरालाई चरितार्थ गर्दै पूर्वाग्रहि मानसिकतालाई सच्याउन सम्भव भएन । तसर्थ अराजनैतिक शैली, सोच, भ्रष्ट मानसिकता ले न क्रान्ति सम्भव छ, न पार्टी संगठनको भविष्य नै । यी विषय मा गम्भीर समीक्षा गर्दै आज कै मिति देखि म संलग्न पार्टी र सङ्गठनसँग अलग रही स्वतन्त्र रहेको जानकारी गराउँद छु ।
विगत लामो समयदेखि सहयात्राको क्रम मा सहयोग गर्ने आदरणीय र सहयोध्दा मित्रहरुमा विशेष आभार व्यक्त गर्न चाहन्छु ।आगामी दिनमा परिवर्तन, न्यान, समानता र स्वतन्त्रताका लागि हुने संघर्षमा मेरो समर्थन र साथ रहने कुरा पनि यसै प्रेस नोट मार्फत जानकारी गराउन चाहन्छु ।
राम बहादुर विक
सचिब
२०७४/४/२१
केन्द्रिय समिति अखिल(क्रान्तिकारी)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: