Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलहरू तीव्र रूपमा एकता र ध्रुवीकरणतर्फ उन्मुख भएका छन् । विशेषतः ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति भनेर चिनिएका दल तथा व्यक्तित्वहरूको गतिविधिलाई राजनीतिक वृत्तले चासोका साथ नियालिरहेको छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचन मिति घोषणा गरेसँगै देश औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरेको छ । जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्ने दाबी गर्दै पछिल्ला केही महिनामै २७ वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् ।

यसैबीच ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राजनीतिमा दलगत रूपमा प्रवेश गर्ने अन्तिम तयारीमा देखिएका छन् । हर्क साम्पाङले आफ्नै नेतृत्वमा दल दर्ता गरी चुनावी प्रचार सुरु गरिसकेका छन् भने कुलमान घिसिङ र बालेन शाहले आफू निकटका व्यक्तिहरूको नाममा दल दर्ता गराएर राजनीतिक यात्रालाई संस्थागत गर्ने प्रयास गरिरहेका छन् ।

चार वर्षअघि मात्रै पार्टी स्थापना गरेका रवि लामिछाने पनि जेनजी आन्दोलनपछि उदाएका नयाँ शक्ति तथा दलहरूसँग एकता र सहकार्यको सम्भावना खोजिरहेका छन् । लामो समय शासन सत्तामा रहेर पनि कांग्रेस, एमाले र माओवादीले सुशासन दिन नसकेको जनगुनासो बढिरहेका बेला नयाँ तथा वैकल्पिक भनिएका शक्ति एकजुट भएर आगामी निर्वाचनमा पुराना दललाई चुनौती दिने तयारीमा जुटेका हुन् ।

केही दिनयता रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबीच निरन्तर संवाद भइरहेको छ । बुधबार र बिहीबार मात्रै बालेन शाहले लामिछाने र घिसिङसँग मात्र नभई बाबुराम भट्टराई, सुनिल शर्मा, अमरेश कुमार सिंहलगायत नेताहरूसँग भेटवार्ता गर्दै सहकार्यको प्रस्ताव राखेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँगको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

समानुपातिकतर्फको बन्द सूची बुझाउने मिति चार दिनमात्र बाँकी रहँदा नयाँ शक्ति एक ठाउँमा आउने प्रयासमा भए पनि सबै विषयमा अझै सहमति जुट्न सकेको छैन ।

जेनजीपछिको पहिलो ठूलो एकता : नेकपा गठन

जेनजी आन्दोलनपछि सबैभन्दा पहिला नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । त्यसपछि अन्य नयाँ तथा पुराना दलहरू पनि क्रमशः एकता र ध्रुवीकरणको प्रक्रियामा लागेका हुन् ।

दुई राप्रपा एकै ठाउँमा

यसैक्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पुस १६ गते पार्टी एकता गर्ने सहमति भएको छ । बिना सर्त एकताका लागि तयार रहेको थापाले बताएका छन् । दुवै दल राजसंस्था र हिन्दुराज्यको पक्षमा छन् ।

लिङ्देनसँग महाधिवेशनमा पराजित भएपछि चार वर्षअघि थापा राप्रपाबाट अलग हुँदै राप्रपा नेपाल गठन गरेका थिए ।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच मंसिर १४ गते एकता भइसकेको छ । एकतापछि पार्टीको नाम र चुनाव चिन्ह यथावत् राख्दै उनीहरू चुनावी मैदानमा उत्रिसकेका छन् ।

उज्यालो–सर्वोदय चुनावी सहकार्य

ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र दीपक कुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच प्रतिनिधिसभा निर्वाचनमा चुनावी एकता गर्ने सहमति भएको छ । दुवै पार्टी संयुक्त रूपमा निर्वाचनमा सहभागी हुँदै उज्यालो नेपालको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने निर्णयमा पुगेका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै वर्तमान जटिल राजनीतिक अवस्थाबाट निकास खोज्ने उद्देश्यले सहकार्य गरिएको सहमतिपत्रमा उल्लेख छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

जसपा र स्वाधीन मधेसबीच कार्यगत एकता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र कैलाश महतो नेतृत्वको स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकताको घोषणा भएको छ । दुवै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलविहीन स्थानीय निर्वाचनका पक्षमा संयुक्त सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रभु साहको पार्टीमा एलिजा गौतम प्रवेश

यसैबीच पत्रकार ऋषि धमलाकी पत्नी तथा नायिका एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा आजपा अध्यक्ष प्रभु साहले टीका र माला लगाएर गौतमलाई पार्टीमा स्वागत गरेका हुन् ।

आजपा प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत सशक्त आवाज उठाउने उद्देश्य रहेको बताइन् । पार्टीले आफूलाई उपाध्यक्ष बनाएको पनि उनले जानकारी दिएकी छन् ।

याे पनिः पहिचानवादी–परिवर्तनकारी मोर्चाबन्दी हुँदा पुराना दलहरू गम्भीर राजनीतिक संकटमा पर्ने संकेत

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending