Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दुई पत्रकारको हत्या

\"\"फिलिपिन्स । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिइन् ।उनले गत बर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको पनि बताइन् । दुवै घटनामा पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए । हत्या गरिएका दिअज ६० बर्षका हुनुहुन्थ्यो । उनी मनिला ताब्लोइद बालितामा संवाददाता र एउटा स्थानीय सामुदायिक पत्रिकाका स्तम्भकार थिए । उनको हत्या राष्ट्रपतिको दक्षिणी सहर क्विरिनोमा सोमबार भएको उनका एक सहकर्मी फोर्ट यर्रोले जानकारी दिए । दिअज एक जना पुर्वप्रहरी पनि थिए । उनले राजनीतिक भ्रष्टाचार, अवैधानिक जुवातास, लागु औषध लगायतका बारेमा समाचारहरु लेख्नु भएको यर्रोले बताए । उनलाई यसअघि कुनै धम्की आएको बारेमा आफुहरुले थाहा नपाएको उनको भनाई छ । हत्या गरिएका अर्का पत्रकार अलिकावे ४७ बर्षको थिए । उनले स्थानीय डिएक्सपिवी रेडियोमा साप्ताहिक अन्तर्बार्ताको कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत आईतबार मोलाभे सहरमा हत्या गरिएको प्रहरीले जनाएको छ । सरकारी रेडियोका एक जना व्यवस्थापकले अलिकावेले प्रसारण गरेका कार्यक्रमहरुमा कुनै विवादस्पद विषयहरु नरहेको बताए । “उहाँमाथि किन यस्तो घटना भयो, हामी आँफै अचम्म परेका छौं, एक जना प्रसारण पत्रकारका रुपमा उहाँ छुचो र कसैलाई रुष्ट बनाउने व्यक्ति हुनुहुन्थेन,” नाभार्रोले भने । दुवै जनाको हत्या भएका दुवै ठाउ इस्लामिक लडाकू, कम्युनिष्ट छापामार र राजनीतिक नेताहरु बढी सक्रिया भएको क्षेत्रमा पर्दछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending