Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मन्त्री प्रभु साहद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

\"\"काठमाडौं । भीषण वर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न र अस्तव्यस्त भएपछि सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । भीषण बर्षाका कारण सडक, पुल जताततै बाढी पसेर घरहरु समेत भत्कीइ तराई मधेसका जनताहरुको विचल्ली समेत भएकाले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री साहले बताए । ‘बाढीका कारण रौतहट सर्लाही लगायत तराई मधेसका जनताको विचल्ली भएको छ’ मन्त्री साहले भने, ‘यस विषयमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु् ।’ रौतहट, सर्लाही लगायत तराई मधेसका जिल्लाहरुमा अविरल परेको बर्षाका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । ‘जनताहरुको घर–घरमा बाढी पसेर खाद्य सामग्री र लत्ता कपडा भिजेका छन् भने प्रभावित क्षेत्रमा पानी नै पानी छ’ मन्त्री साहले भने, ‘जनताहरु डुवानमा भएकाले सरकारले उद्धारको कार्यलाई अगाडि बढाउन ढिला गर्नु हुदैन ।’ त्यसैले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाई रहेको थियो । मन्त्री साहले उद्दार र राहतको कार्यलाई तत्कालै अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन दिइसकेको बताए । उनले यस प्रकारको विपत्तिमा जनता–जनता, समुदाय–समुदाय समेतले एक अर्काको सहयोग गर्नुपर्ने बताए । प्रत्येक व्यक्तिको सतर्कता र सक्रियता आवश्यक रहेकोमा उनले जोड दिए । उनले बाढी र डुवान पीडित जनतालाई अलपत्र हुन नदिने दृढता व्यक्त गरे । सरोकारवाला निकायलाई एकीकृत रुपमा तत्काल आम जनतालाई राहत दिन आग्रह गरेको जानकारी दिँदै उनले सरोकारवाला निकायको गम्भीरता आवश्यक रहेको बताए । बाढी र डुवानका कारण विचल्लीमा परेका जनतालाई सुरक्षित बनाउन सबै निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको भन्दै उनले त्यसै अनुरुप अघि बढ्न आवश्यक रहेको बताए । बाढी र डुवानमा परेका जनतालाई राहत दिनु पहिलो कुरा भएको मन्त्री साहको भनाई रहेको थियो । उनले उद्दार र राहतको कार्य लम्बेतान प्रक्रियामा लाग्न नहुनेमा जोड दिए । जनताको जीउ धनको रक्षा गर्न सकिए अरु कुरा मिलाउँदै जान सकिने बताउँदै जनताको जीउ धनको रक्षा पहिलो कुरा भएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending