Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सप्तरीमा १० हजार घर डुबानमा, ५ सय घरपरिवार विस्थापित

\"\"सप्तरी । निरन्तरको वर्षाका कारण विभिन्न नदीमा आएका बाढीले सप्तरीमा १० हजार भन्दा बढी घरहरु डुवानमा परेका छन् भने ५ सय घरपरिवार विस्थापित बनेका छन् । खाँडो, कोसी जिता, महुलीलगायत नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराजसहित जिल्लाका २ दर्जनभन्दा बढी गाउँ डुबेका छन् । राजविराजको खर्साल टोल, पानी टंकी, मदननगर, रुपनी रोड, कञ्चनपुर रोडलगायत बस्तीमा पानी पसेको छ । यस्तै सिरहा रोड, अड्डा लाइनलगायत सडकमा ३ फिटसम्म बाढी बगिरहेको छ । जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि विकास बैंक सुपरिवेक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, उच्च अदालत राजविराज ईजलास डुबानमा परेको छ । अञ्चल प्रहरी कार्यालय राजविराजको परिसरमा कम्मरसम्म पानी बगिरहेको छ । अझैसम्म पनि वर्षाभइरहेको हुनाले बाढी अझ बढ्न सक्ने अनुमान लगाइएको छ । बाढीका कारण विद्युत् र नेपाल टेलिकमको मोबाइल सेवा समेत अवरुद्ध बनेको छ । राजविराज नगरपालिकाकै डुकरी शिवथान, बिरौल, देउरी भरुवा, झल्ही फर्सेठलगायत स्थान पनि डुबानमा परेका छन् । भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीनदिनदेखि टापुमा परिणत भएको हो । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । कुनौली बोर्डरदेखि तिलाठीको पश्चिमी भागसम्म बनाइएको भारतीय पक्की बाँधमा एक स्थानमा मात्र २० मिटर जति पानी निकास हुने अवस्था छ । खाँडो खोला, जिता खोला र कोसी नदीको पानी एकैपटक मल्हनिया बस्तीमा पसेको हो । उक्त बस्तीका केही बासिन्दा घरमै खाटमा दिनरात काटिरहेका छन् भने केही स्थानीय दिनभरि बाढीबाट जोगिन नजिकैको पोखरीको डिलमा रहेको अग्लो स्थानमा खुल्ला आकाशमुनी बस्न बाध्य छन् । यस्तै तोताका १ सय परिवार विस्थापित भएका छन् । उनीहरु स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् । यहाँका ५ सय घर डुबानमा छन् भने स्थानीय बस्तीबाट निस्कन सकेका छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending