श्रावण ३१ गते, २०७४ मगलवार 15th August, 2017 Tue०७:०६:२० मा प्रकाशित
बाँके ।आकाशमा कालो बादल मडारिइरहेको थियो । धार बदलेर बगेको नदीको पानी सुकेर हिलो मात्रै बाँकी रह्यो । सोमबार सिमसिमे पानीमा उभिएर झुप्पी बुढाथोकी माटोको थुप्रोमाथि टोलाइरहेकी थिइन् ।तर, त्यो माटोको थुप्रो नभएर उनको घर थियो । घर माटोमा पुरिएको छ । त्यहीँबाट ह्वास्स गन्ध आइरहेको थियो । त्यो गन्ध त्यहीँ पुरिएका उनका १५ वटा खसी-बाख्राको हो । वर्षभरि जम्मा गरिराखेको अन्नपात र लत्ताकपडा सबै त्यही माटोमुनि छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नदीको पानी एक्कासि कसरी घरभित्र पस्यो, उनलाई केही पत्तो छैन । शुक्रबार बिहान ब्युँझिने बेलामा ओछ्यानमा चिसो पसेपछि उनी खटियाबाट ओर्लिएकी थिइन् । झिसमिस अँध्यारो, धमिलो पानी । उनको नजर नै धमिलियो । एकाएक सबैतिर पानी नै पानी भयो । दिउँसोसम्म त उनको घरमा माटो र बालुवाको ढिस्को बनिसकेको थियो ।
शुक्रबारदेखि झुप्पीको मुखमा अन्न परेको छैन । \'खान त कसरी सक्छु र ! सारा सम्पत्ति माटोमुनि गयो\', ढिस्कोतिर टोलाइरहेकी उनले भनिन्, \'छिमेकीले खाना त ल्याइदिन्छन्, आफ्नो भोकसोक सबै यतैतिर छ ।\' १० वर्षअघि पति गुमाएकी उनी घरमा एक्लै थिइन् । विभिन्न समूहबाट ऋण काढेर किनेका बाख्राजति सबै बाढीले पुरिदिएपछि उनी त्यही ढिस्को हेरेर टोलाइरहेकी छन् । \'जिन्दगीभरको कमाइ गयो, बस्ने ठाउँ छैन, खाने गाँस छैन\', उनले भनिन्, \'चप्पलधरी झिक्न सकिनँ।\'
राप्ती सोनारी गाउँपालिका-६ खल्लाटपरीका उनीजस्ता हजारौं बाढीपीडित यस्तै पीडामा छन् । यहाँ अहिलेसम्म न राहत पुगेको छ, न त कुनै उद्धारकर्मी । अहिलेसम्म कुनै पनि सरकारी निकायका कर्मचारीसमेत पुगेका छैनन् । राजनीतिक दलका प्रतिनिधिले पीडितको विवरण संकलन त गरिरहेका छन् तर यकिन भने छैन ।
०७१ सालमा पनि यहाँ राप्ती पसेर यस्तै वितण्डा मच्चाएको थियो । यो गाउँ र यी झुप्पीजस्तै राप्तीपारिका तटीय गाउँ बर्सेनि डुबानमा पर्र्दै आएका छन् । तर, डुबानपछि राहतका नाममा केही दाल, चामल र केही राहत रकमबाहेक सरकारले दिगो समाधानको योजना ल्याउन सकेको छैन । ०७१ सालको बाढीपछि स्थानीयको दबाबमा सरकारले केही राप्तीको पूर्वी किनारामा तटबन्धको काम त सुरु गरेको छ तर त्यो पनि अस्तव्यस्त छ ।
राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर गाउँछेउमा राप्ती नदी छेक्न ०७२ सालमा तटबन्ध सुरु भएको थियो । यही साल मात्रै सम्पन्न भएको भनिएको यो तटबन्ध फोडेर अहिले पनि गाउँ पसेको छ । अनि गाउँ पसेको यो राप्तीले राप्ती सोनारीका ६, ७, ८ र ९ नं. वडाका सयौँ गाउँलाई ध्वस्त पारेको छ ।
बर्सेनि डुब्ने बाँकेको कथा पनि यही हो । यहाँ न गतिलो तटबन्ध छ न त कुनै छेकबार । कैयौँ वर्षपछि बनाइएको तटबन्ध पनि यसपालि बाढीले बगाइदिएको छ । फत्तेपुरमा यही वर्ष मात्रै काम सम्पन्न भएको तटबन्ध पनि नदीले ठाउँ-ठाउँमा भत्काइदिएको छ । त्यहीँबाट पानी पसेर सारा गाउँ डुबेको छ । राप्ती सोनारी गाउँपालिका फत्तेपुरका गोविन्दप्रसाद पौडेल भन्छन्, \'यो तटबन्धमा ठेकेदार अनि सरकारले पनि लापरबाही गर्यो, नदी बग्ने बाटो नहेरेर जथाभावी तटबन्ध बनाइयो अनि त्यहीँबाट अहिले बाढी गाउँ पस्यो ।\'
उनका अनुसार फत्तेपुरमा बनाइएको १ हजार १ सय ८० मिटर लामो तटबन्ध निकै कमसल छ । त्यसमा मसिना ढुंगा प्रयोग गरिएका छन् । अनि १५ मिटर उचाइ र १० मिटर चौडाइ हुनुपर्नेमा त्यो पनि छैन । त्यसमाथि हुनुपर्ने ग्राभेल पनि गरिएको छैन । नदीलाई सिधा पारेर छेक्नुपर्ने ठाउँमा बांगोटिंगो गरेर तटबन्ध लगाइएको छ । जसकारण नदीको बेगले धान्न नसकेर तटबन्ध ठाउँ-ठाउँमा फुटेको छ ।
स्थानीय अम्मरबहादुर खड्काका अनुसार त्यो तटबन्ध नदीको पानी छेक्नेखालकै थिएन । करिब २ करोड ५० लाखको बजेटमा बनेको त्यो तटबन्धको विरोधमा स्थानीयले पटकपटक आन्दोलन पनि गरेका थिए । तर, त्यसको सुनुवाइ भएन । \'हामीले केही किलो दाल, चामल राहत बाँड्नुभन्दा पनि त्यसको सबै पैसा यही तटबन्धमा लगाऊँ भनेका हौँ,\' खड्काले भने, \'गाउँ कसरी सुरक्षित हुन्छ भन्ने कुरा हामी यही किनारामा बसेकालाई थाहा हुन्छ, पैसा जोगाउने र कमाउने नाममा फेरि गाउँ डुबानमा परेको छ ।\'
राप्तीले डुबानमा पारेको अर्को गाउँ हो डुडुवा । यहाँको अवस्था पनि उस्तै छ । गाउँ छेक्न अहिलेसम्म तटबन्ध बनाइएको छैन । जसकारण बर्सेनि हजारौँ मानिस विस्थापित भइरहेका छन् भने कैयौँको ज्यान गइरहेको छ ।
भारतले नेपाली सिमानामा बनाएको लक्ष्मणपुर बाँधले केही अप्ठ्यारा निम्त्याएको छ । तर, नदी किनारामा बलियोगरी तटबन्ध गरेमा नेपाली भूमि सजिलैसँग बचाउन सकिने देखिन्छ । \'त्यो बाँध त एउटा समस्या नै हो तर सबै समस्या त्यही मात्रै होइन\', खड्का भन्छन्, \'त्यो बाँधका ढोका नखुल्दा तीन घन्टा रहने नदीको बाढी अरू केही घन्टा रुमल्लिन सक्छ तर तीन घन्टामै पनि बाढीले हामीलाई सखाप पारिसकेको हुन्छ ।\'
लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदीशकुमार सिंहका अनुसार त्यो बाँधका ढोका शुक्रबारदेखि नै खुलिसकेका थिए । तर, यसपालि ०७१ सालको भन्दा पनि ठूलो बाढी आएको थियो ।
अहिलेसम्म बाँकेको राप्तीपारिका करिब १० हजार घर पूर्णरूपमा क्षति भएका छन् । अरू २० हजार घरमा बाढीले आंशिक क्षति पुर्याएको छ । तर, यकीन विवरण आउन सकेको छैन । अझै पनि गाउँका सबैजसो स्थानमा पानी भरिएको छ । हेलिकोप्टरसमेत बसाउने ठाउँ नभएकाले राहत पुर्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कतिपय सजिला ठाउँमा पनि सरकारी प्रतिनिधि पुगेका छैनन् । मानिस चार दिनदेखि भोकभोकै राहत कुरिरहेका छन् । राप्तीपारिका सबैजसो गाउँमा कच्ची बाटो छ । त्यहाँका पुल अनि कल्भर्ट सबै बाढीले बगाएको छ । ठाउँ-ठाउँमा बिजुलीका पोल ढलेका छन् । जसले यातायात, विद्युत् र सञ्चार सबै कुराबाट ती गाउँलाई विच्छेद गरिदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: