Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

धनुषाको बाढीप्रभावित क्षेत्रमा पुगे दुर्इ मन्त्री

\"\"धनुषा । धनुषाका विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको सोमबार खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र कृषि मन्त्री रामकृष्ण यादवले निरीक्षण गरेका छन् । गृह जिल्ला धनुषा नै रहेका मन्त्रीद्वयले जनकपुर उपमहानगरपालिकाको बाढी प्रभावित क्षेत्र – पुलचोक, मुसहरी टोल, मुजेलिया, लक्ष्मीनियाँसहितका दर्जनभन्दा बढी स्थानमा स्थलगत निरीक्षण गरे । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार आफूहरु धनुषा आएको बताउँदै बाढीका कारण उत्पन्न संकट समाधान गर्न सरकार जोडतोडका साथ लागिरहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले बाढीबाट भएको क्षतिको विवरण संकलन गरी अविलम्ब पीडितलाई सहयोग गर्ने सरकारले तयारी गरेको जानकारी दिए । तराईका १३–१४ जिल्लामा सरकारले संकटको स्थिति अनुभव गरेको उल्लेख गर्दै खानेपानी मन्त्री यादवले प्रभावितलाई शुद्ध खानेपानीको व्यवस्था गर्नका लागि आवश्यक औषधि वितरण कार्यसमेत भइरहेको बताए । त्यसैगरी, कृषि मन्त्री रामकृष्ण यादवले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको परिवारलाई प्रतिपरिवार राहतस्वरुप दुई लाख रूपैयाँ नगद उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनले पीडित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिइएको बताए । मन्त्रीद्वयले बाढीले क्षति पु¥याएको पूर्व–पश्चिम राजमार्ग सडकखण्डको धनुषा–महोत्तरी जोड्ने रातु पुलको पनि निरीक्षण भ्रमण गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending