विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ।
नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको अभ्यासअनुसार काठमाडौंबाट विराटनगरका लागि उडेको एक्सरसाइज एयरको ईए–००६ उडान अवतरणका क्रममा समस्यामा परेको दृश्य तयार पारिएको थियो। बिहान ७ः२० बजे उडेको विमानले रनवेमा असामान्य सम्पर्क गरेपछि ‘मिस्ड अप्रोच’ गरिएको र प्राविधिक परीक्षणका क्रममा देब्रेतर्फको अवतरण चक्कामा समस्या देखिएको परिदृश्य प्रस्तुत गरिएको थियो।
पछि बिहान ८ः०५ बजे पुनः अवतरण प्रयासका क्रममा आकस्मिक अवतरण गर्दा विमान दुर्घटनाग्रस्त भएको अभ्यास गरिएको थियो। विमानमा चालक दलसहित ५५ जना सवार रहेको देखाइएको थियो।
अभ्यास सुरु हुनासाथ उद्धार टोली, दमकल र एम्बुलेन्स परिचालन गरिएको थियो। साइरन बजाउँदै सुरक्षाकर्मी र उद्धारकर्मी रनवेतर्फ पुगेका थिए। घाइतेको उद्धार, प्राथमिक उपचार र अस्पताल पठाउने प्रक्रिया प्रदर्शन गरिएको थियो।
सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार अभ्यासमा पाँच जनाको मृत्यु, ६ जना गम्भीर घाइते र ३९ जना सामान्य घाइते भएको परिदृश्य तयार पारिएको थियो। घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको र मृतकको शव परीक्षणका लागि कोसी अस्पताल पठाइएको नाटकीय अभ्यास गरिएको थियो।
विमानस्थल प्रशासनले यो घटना वास्तविक नभई पूर्वतयारीका रूपमा गरिएको पूर्णस्तरीय अभ्यास भएको स्पष्ट पारेको छ। यस्ता अभ्यास दुर्घटनाको अवस्थामा उद्धार कार्य प्रभावकारी बनाउन, जोखिम न्यूनीकरण गर्न तथा जनशक्ति तयारीको मूल्यांकन गर्न नियमित रूपमा गरिने जनाइएको छ।
पूर्वसूचना बिना गरिएको अभ्यासका कारण आसपासका केही स्थानीय क्षणिक रूपमा त्रसित भएका थिए। विमानस्थलका अनुसार पूर्णस्तरीय अभ्यास प्रत्येक दुई वर्षमा र आंशिक अभ्यास प्रत्येक एक वर्ष छ महिनामा गर्ने व्यवस्था छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १४:२६
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...
चैत्र २५ गते, २०८२ - १४:२२
काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...
चैत्र २५ गते, २०८२ - १४:२०
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...
चैत्र २५ गते, २०८२ - १४:१४
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...
चैत्र २५ गते, २०८२ - १४:१२
काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...
चैत्र २५ गते, २०८२ - १३:५६
काठमाडौं । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध प्रतिनिधि सभामा आवाज उठेको छ। बुधबार बसेको प्...
चैत्र २५ गते, २०८२ - १३:५३
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ...
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...


प्रतिकृया लेख्नुहोस्: