भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसान अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन् ।
हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई लक्षित गरी विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी गाई, भैँसीपालनलाई प्रोत्साहन गर्न गोठ सुधार, उन्नत जातका भैँसी वितरण गरिएको हो । किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले विगत तीन वर्ष अघिबाट स्थानीयलाई भैँसी तथा उन्नत गाई वितरण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। किसानलाई दूधको माध्यमबाट आयआर्जनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको भैँसी वितरण गर्दै आएको उनले बताए ।
हालसम्म गाउँपालिकाभित्रका किसानलाई २७ उन्नत जातको भैँसी विरतण गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । भैँसी वितरणसँगै किसानलाई प्राविधिक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको भैँसी वितरण कार्यक्रम किसानका लागि उपयुक्त रहेको हतुवागढी–२ लुङ्गिनका कृषक हेमराज कार्कीले बताए । गाउँपालिकाले भैँसीसँगै गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरेकोले थप सहजता भएको उनको भनाइ छ ।
विगतमा घरायसी प्रयोजनका लागि सीमित भैँसीपालन अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । “भैँसी वितरण कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ”, कार्कीले भने, “दूध तथा दूग्धजन्य परिकार बिक्री गरेर आयआर्जन गर्ने अवस्था बनेको छ ।”
यहाँ उत्पादित दूध तथा दुग्धजन्य पदार्थ स्थानीय बजारका साथै नजिकका व्यापारिक केन्द्रहरूमा बिक्री हुने स्थानीयवासी धनबहादुर थापाले बताए । केही किसानले दही, घ्यूउ, परिकार बनाउने गरेका छन् । लुङ्गिन क्षेत्र पशुपालनको लागि उपयुक्त रहेकाले पशुपालनमा जोड दिएको वडाध्यक्ष विचारी थापाले बताए । गाउँपालिकाबाट वितरण भएका २७ भैँसीमध्ये २२ लुङ्गिन क्षेत्रका किसानले पालन गरिरहेका छन् ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले किसानलाई पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित गाई, भैँसीपालनलगायत कृषि क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको बताए । “स्थानीय उत्पादन बढाउँदै किसानको आयस्तर उकास्ने उद्देश्यले अनुदानमा भैंसी वितरण गरेका हौँ”, उनले भने, “यसले किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्छ ।”
गाउँपालिकाले आगामी दिनमा पशुपालनसँगै दुग्ध सङ्कलन, प्रशोधन र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना अघि बढाउने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: