Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

यार्सा गुम्बाको अव्यवस्थित संकलनबाट जैविक विविधता नाश

\"\"डोल्पा । डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ । यार्सागुम्बाको वार्षिक दोहनले गर्दा निम्त्याएको असरको अध्ययन गर्न यहाँ स्थापित संस्था युथ फर नेचर डोल्पाले यार्सागुम्बाको अव्यवस्थित संकलनले डोल्पालीलाई आर्थिक लाभभन्दा पर्यावरणमा दीर्घकालीन असर पारेको रहस्य खुलेको हो । अनुसन्धानबाट यार्सागुम्बाको बढ्दो खोजले पर्यावरणसँगसँगै यार्सागुम्बाकै अस्तित्वसमेत खतरामा रहेको पाइएको छ । अनुसन्धानका क्रममा हरेक वर्ष यार्सागुम्बाकोे परिमाणात्मक तथा गुणात्मक हिसाबमा समेत ह्रास हुँदै आएको पाइएको छ । प्रत्येक वर्ष यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि डोल्पाका उच्च हिमाली भेगतिर डोल्पा, रुकुम, जाजरकोट, जुम्लालगायत दर्जनौँ जिल्लाबाट बीसौँ हजार सर्वसाधारण पुग्ने गर्छन् । प्रत्येक यार्सागुम्बा याममा लावालस्कर लागेर पाटन पुग्ने सर्वसाधारणको अव्यवस्थित बसोबासका साथै मनपरीले जैविक विविधतामा ह्रास आइरहेको दि युनिभर्सिटी अफ जर्जियामा प्रकृतिको एकीकृत संरक्षण विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता सुरज उपाध्यायले बताए । हिमाली क्षेत्रमा दाउरा तथा पानीको अभावले खाना पकाउन समस्या हुने र खाना पकाउन लाग्दा यार्सागुम्बा टिप्ने समय बर्बाद हुने भएकाले छिटोछरितोका लागि चाउचाउ, बिस्कुट, दालमोठलगायत सुख्खा खाना बोकेर लैजाने गरिन्छ । अनुसन्धानकर्ता उपाध्यायका अनुसार यसरी लगिएको पोका बनाइएको खानाका पोका जथाभावी फाल्ने, फोहर धेरै गर्ने र जहाँ पायो त्यही खाल्डा खन्ने गर्नाले वातावरण प्रदूषण भइरहेको छ, यार्सा संकलकसँगै बन्दोबस्तीका सामग्री बोकाएर लगेका घोडा खच्चरको दिसापिसाबले समेत पर्यावरणमा असर परेको छ । यार्सागुम्बा संकलनका लागि गएका हजारौँ मानिसले प्रयोग गरेका प्लास्टिकका झोला, चाउचाउका खोल, शिशा तथा प्लास्टिकका बोतलले त्यहाँको सौन्दर्य मात्र नभई वातावरणमै ठूलो असर परेकोे पाइएको उपाध्यायको भनाइ छ । “हरेक वर्ष जस्तो संकलनमा आइरहेको कमी अनि संकलन पछाडिको प्राकृतिक सामाजिक असर हाम्रा नजरले देख्न सकिरहेको छैन, अझ भन्नु पर्दा हाम्रो दिमागमा यार्सागुम्बाको दोहनले निम्ताएका असर सोच्न नसक्दा पर्यावरणमा ठूलो असर परिरहेको छ”, उपाध्यायले भने । चोरी शिकार बढ्दै यार्सागुम्बा पाउने क्षेत्र नाजुक उच्च हिमाली पारिस्थितीय प्रणालीमा पर्छ, जहाँ संकटापन्न र दुर्लभ वन्यजन्तु हिउँ चितुवा, तिब्बतीयन ब्वाँसो, नाउर, झारल, घोरल आदि बसोबास गर्छन्, यार्सागुम्बा टिप्ने परिपाटीकै कारण यस्ता संकटापन्न दुर्लभ वन्यजन्तुको लोप हुनाका साथै चोरी शिकारसमेत भइरहेका छन् । “अव्यवस्थित यार्चाकुम्भु संकलन र वर्षेनी त्यस क्षेत्रमा बढ्ने हजारौँ मानिसको चापले गर्दा यी र यस्ता दुर्लभ वन्यजन्तु र यिनको वासस्थानमा समेत धेरै असर परेको छ”, उनले थपे । अनुसन्धानकै क्रममा जहाँ जहाँ यार्सागुम्बा पाइन्छ त्यस क्षेत्र र त्यसको वरिपरि अत्यधिक मात्रामा चोरी शिकारसमेत बढेको पाइएको छ । यार्सागुम्बा संकलनकर्ताले आफ्नो आहार तथा जनावरका विभिन्न अंगप्रत्यंग बिक्रीवितरणका लागि कस्तुरी, घोरल, नाउर र हिउँ चितुवाको शिकारसमेत हुने गरेको पाइएको हो । सरोकार भएकाहरु मौन यस्ता यावत् समस्या वर्षेनी रुपमा बढ्दै गइरहँदा पनि सरोकारवाला निकाय मौन बस्नाले भोलिका दिनमा डोल्पाका प्राकृतिक स्रोत र वातावरणमा प्रत्यक्ष रुपमा ठूलो समस्या पर्ने अनुसन्धानकर्ता उपाध्यायले चिन्ता व्यक्त गरे । यस क्षेत्रमा पाइने दुर्लभ जडीबुटी, वन्यजन्तु तथा पर्यावरण आफैँमा जटिल र नाजुक भएका कारण यसको दिगो संरक्षणका तथा व्यवस्थापनका लागि सम्पूर्ण सरोकार भएकाहरुले ध्यान दिनुपर्ने उनको सुझाव छ । पर्यावरण सँगसँगै यार्सागुम्बाको समेत अस्तित्व जोगाउने हो भने यार्सा संकलनकर्तामा पनि विभिन्न सञ्चारमाध्यमबाट जागरण ल्याउनाका साथै ऐननियमको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लामा यार्सागुम्बा पाइने ३०० भन्दा धेरै पाटन(सम्म क्षेत्र) छन् । अधिकांश यार्सा पाटन निकुञ्ज क्षेत्रमा पर्छन् । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy