Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रेस सेन्टरबाट उजिर मगर निस्काशितः लाखौं बार्गेनिङदेखि धाँधली गरेको आरोप

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले पत्रकार उजिर मगरलाई कारवाहि गरेको छ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा संगठनको हितविपरित काम गरेको भन्दै प्रेस सेन्टर नेपालले साधारण सदस्य नै नरहने गरि निस्कासन गरेको महासचिव विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । संगठनको लाइन विपरित मगर पत्रकार महासंघको अध्यक्षमा बागी उठेका छन् । अहिले प्रेस युनियन र सेन्टरको सयुक्त प्यानलबाट अध्यक्षमा प्रेस सेन्टरकै गोविन्द आचार्य अध्यक्षका उम्मेद्वार छन् । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपाल (तत्कालीन क्रान्तिकारी पत्रकार संघ)को तर्फबाट उम्मेद्वार भई उजिर मगर महासचिवमा निर्वाचित भएका थिए । पत्रकार महासंघको २५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा आचार्यलाई उम्मेद्वार बनाएकोमा मगरले संगठनको निर्णय विपरित अध्यक्ष पदमा उम्मेद्वारी दिई संगठनप्रति गम्भीर घात गरेको प्रेस सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा लेखिएको छ ‘पत्रकार महासंघको २४ औं महाधिवेशनबाट महासचिवमा निर्वाचित भईसके पश्चात मगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति छ ।’ पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकालगायतका घटना संगठनको हित बिपरित रहेको विज्ञप्तिमा भनिएको छ । \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy