Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

भारत नौ विकेटले विजयी

\"\"दाम्बुला । ओपनर शिखर धवनले ११औँ एकदिवसीय शतक पूरा गरेपछि आइतबार भारतले श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नौ विकेटको सानदार जित हात पारेको छ । शिखर र कप्तान विराट् कोहलीले दोस्रो विकेटका लागि नट आउट साझेदरी गर्दै भारतलाई पाँच सिरिजको खेलमा १–० को अग्रता दिलाएका हुन् । श्रीलंकाद्वारा सहज लक्ष्य पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.२ ओभरमा २ सय १६ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा भारतले २८.५ ओभरमा एक विकेट मात्र गुमाएर २ सय २० रन बनायो । भारका लागि कोहलीले चौका प्रहार गर्दै विजयी रन बटुले । श्रीलंकालाई मध्य योगफलमा अल आउट पार्न भारतका अक्षर पटेलले तीन विकेट लिए । उनले १० ओभरमा ३४ रन मात्र खर्चे । यसैगरी, जस्प्रित बुमराह, युजवेन्द्र चहाल र केदार ज्याद्धवले समान दुई विकेट हात पारे । बुमराहले २२ रन मात्र खर्चे । नटआउट साझेदारी लक्ष्य पछ्याउँदा भारतले २३ रनमै पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा (४) लाई श्रीलंकाली कापुगेदेराले रन आउट पारे । त्यसपछि शिखर र विराटले इनिङ सम्हाले । दुवैले दोस्रो विकेटका लागि १ सय ९७ रनको नट आउट साझेदारी गर्न सफल भए । यस क्रममा शिखरले ११औँ एकदिवसीय शतक पूरा गर्न सफल भए । उनले १ सय ३२ रनको योगदान दिए । यसक्रममा उनले ९० बलमा २० चौका र तीन छक्का प्रहार गरे । विराटले ४५औँ अर्धशतक प्रहार गर्दा ८२ रन बनाए । उनले दश चौका र एक छक्का प्रहा गरे । एक मात्र अर्धशतक श्रीलंकाको ब्याटिङमा एक मात्र अर्धशतक प्रहार भयो । ओपनर निरोशन दिकवेलाले महŒवपूर्ण ६४ रन बनाए । उनले ७४ बलमा आठ चौका प्रहार गर्न सफल भए । अर्का ओपनर दिमुथ गुनथिलाकाले ४४ बलमा ३५ रनको योगदान दिए । श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो । दिकवेला र दिमुथले पहिलो विकेटका लािग ७४ रनको साझेदारी गरे । यसैगरी, कुशल मेन्डिसले ३७ बलमा ३६ रन तथा एत्गलो म्याथ्युसले ३६ रनको योगदान दिए । ६६ रनमा आठ विकेट श्रीलंका इनिङको एक समय १५०–३ को बलियो स्थितिमा थियो । त्यसवेला श्रीलंकाले २७.१ ओभर ब्याटिङ गरिरहेको थियो । बाँकी आठ विकेट केवल ६६ रन भित्रै गुमाउँदा श्रीलंका २१६ रनमा अल आउट भयो । श्रीलंकाका अन्तिम ६ ब्याट्सम्यानले दोहोरो रन पनि बनाएनन् । एजेन्सी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies