Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एक–डेढ वर्षमा माओवादीले फेरी चमत्कार गर्छ : प्रचण्ड

\"\"काठमाडौं । पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–डेढ वर्षमा माओवादीले फेरी चमत्कार गर्ने बताएका छन् । काठमाडौंको बबरमहलमा अखिल (क्रान्तिकारी) को एकताको २१ औं राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आज गणतन्त्र भन्नुस् वा संघीयता, समावेशी प्रतिनिधित्व भन्नुस् वा नयाँ संविधान, यी सबै उपलब्धि माओवादीकै कारणले आएका हुन् । देश माओवादीकै एजेण्डामा छ, राष्ट्रलाई एकतावद्ध गर्नसक्ने नेतृत्व पनि हामीसँगै छ । आर्थिक विकास, समृद्धि र देशलाई स्वाधीन बनाउने तागत पनि माओवादीसँगै छ । तर, यस बीचमा माओवादीमा टुटफुट भयो, हामी एकतावद्ध हुन सकेनौं । अहिले फेरी एकता र ध्रुवीकरणको लहर चलेको छ । हेर्दै जानुहोला, हामी एकतालाई पनि एउटा टुङ्गोमा लैजान्छौं, देशका सबै शक्तिहरुलाई एकतावद्ध गर्छाैं र राष्ट्रको नेतृत्व गर्छाैं, एक–डेढ वर्षमा माओवादीले फेरी चमत्कार गर्छ ।’ ‘एकथरी प्रतिक्रियावादी शक्तिहरु अब माओवादी कमजोर भयो, परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेका थिए’, प्रचण्डले भने, ‘माओवादी र प्रचण्ड त्यति सजिलो चीज होइन, हामी लिडरसीपको टिमले फेरी एउटा संकल्प गरेका छौं । हामीले लडेर, ज्यानको बाजी राखेर, हजारौंको बलिदानी गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लुटिएको हामी टुलुटुलु हेर्न सक्दैनौं । माओवादीहरु एकतावद्ध हुन थालेपछि फेरी प्रतिक्रियावादीहरुको सातो जान थालेको छ ।’ ‘हामीले फेरी समानुपातिक निर्वाचन प्रणालीको मुद्धा उठाएका छौं, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको कुरा गरेका छौं । यसले माओवादी आन्दोलनलाई मात्रै होइन, सिंगो देशलाई एकतावद्ध गर्छ’, प्रचण्डले थप्नुभयो, ‘हाम्रो ध्येय साम्यवाद हो, अबको गन्तव्य समाजवाद हो, त्यो उद्धेश्य र आदर्शमा समर्पित भएर हामी माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजान चाहेका छौं, यसमा तपाई विद्यार्थीहरु एकतावद्ध भएर लाग्नुस्, सम्पूर्ण प्रतिक्रियावादी चिन्तन र तागतलाई परास्त गर्नुस् ।’ सम्बोधनमा अध्यक्ष प्रचण्डले स्वस्थ प्रतिस्पर्धाद्वारा नेतृत्व चुन्न पनि विद्यार्थीहरुलाई अपील गरे । अध्यक्ष प्रचण्डले भने, ‘अहिले पार्टीले सहमति गरेर विद्यार्थीको नेतृत्व छान्ने पक्षमा छैन । अहिले पार्टीभित्र विचारमा कुनै विवाद र बिमति छैन, स्वस्थ प्रतिस्पर्धाबाट तपाईहरु नेतृत्व छान्नुस्, प्रतिस्पर्धामा एमाले–कांग्रेसको जस्तो भद्धा, अराजक शैली नअपनाउनुस्, सबैको विश्वास जितेर संगठनलाई नयाँ उचाईमा उठाउने संकल्प गर्नुस् ।’ उद्घाटनमा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, वाइसिएलका अध्यक्ष दीपशिखा, नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नबिना लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । पाँच दिनसम्म चल्ने सम्मेलनमा देशभरीबाट दुई हजार जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy