Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जनतालाई केन्द्रमा राखेर सेवा प्रदान गर्न मन्त्री श्रेष्ठको निर्देशन

\"\"रामेछाप । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले हरेक नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले कुनै पनि नागरिकले असुरक्षित भएको महशुस गर्न नपर्ने बताएका हुन् । गृहराज्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला राामेछापमा आएका उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिदै जनतालाई केन्द्रमा राखेर सेवा सुविधा प्रवाह गर्न निर्देशन दिए । ‘म देशकै गृहराज्य मन्त्री हुँ । शान्ति सुरक्षाको प्रत्याभूति रामेछापमा भएन भने अन्यत्र हुन सक्दैन’, उनले भने,‘हरेक नागरिकहरुले शान्ति सुरक्षाको अनुभूति गराउन सरकार प्रतिबद्ध छ ।’ आफूलाई सांसददेखि गृहराज्य मन्त्री बनाउन रामेछापवासीको ठूलो भूमिका रहेको स्मरण गर्दै उनले रामेछापवासीको वलिदानी र पसिनाको कारण आफू मन्त्री बन्न सफल भएको बताए । उनले भने,‘म जहाँ जन्मिए जहाँ हुर्किए यो भूमिको विकास गर्ने मन बचन र कर्मबाट काम गर्छु ।’ सबै क्षेत्रको सहयोग र समन्वय भए मात्र लक्ष्य प्राप्त गर्न सहज हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानुनी जलिटलता फुकाउनको लागि सरकार तयार रहेको बताए । ‘विपद व्यवस्थापन ऐन बनाउन सहमतिको लागि कानुन मन्त्रालय पठाइएको छ, अध्यायगमन विभागकमा रहेका समस्या समाधान गर्न पनि ऐनकै खाँचो छ’, उनले भने,‘शान्ति सुरक्षा कायम गर्न संरचनागत रुपमा रहेका जटिलाहरु समाधान गर्न सरकार गम्भीर रुपमा लागेको छ ।’ मन्त्री आउने जाने क्रम चलिरहन्छ, स्थायी शक्ति भनेको कर्मचारीहरु नै हुन, नीतिगत रुपमा व्यवस्था गर्न सक्यौ भने मूलुक सञ्चालन गर्न सहज हुन्छ, उनले भने । नेपालमा भित्रिने सबै पर्यटक मात्र नहुने बताउदै उनले आतङककारी गतिविधिमा संलग्न र हत्या हिंसाको गतिविधिमा संलग्न पनि पस्न सक्ने भएकाले सर्तक हुनुपर्नेमा जोड दिए । रामेछाप जिल्ला ऐतिहासिक भूमि रहेकाले रामेछापमा आउने कर्मचारीहरु पनि भाग्मानी रहेको बताउदै गृहराज्य मन्त्री श्रेष्ठले आफू सहकार्य गरेर काम गर्ने पक्षमा रहेको बताए । ‘समस्या छन भने म आफ्नो ठाउँबाट गांठो फुकाउन तयार छु,संवाद र सहकार्य हुनुपर्छ’, उनले भने,‘गृहमन्त्रालय र राष्ट्रसेवक कर्मचारीहरु एउटै परिवार हौ ।’ उनले आगामी तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy