Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

\"\"एजेन्सी । उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको संयुक्त राज्य अमेरिकाको सेनाले जनाएको छ । एउटा वक्तव्यमार्फत अमेरिकी प्यासिफिक कमाण्डले जनाए अनुसार पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएका थिए भने दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको थियो। उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ । गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो । दक्षिण कोरयाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्रहरु परीक्षण गरेको देखिएको जनाएको छ । प्योङयाङले पछिल्ला महिनाहरुमा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता दिएको छ। दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो । स्थानीय समय अनुसार शनिवार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले बताएको छ । \"\"अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले भनेका छन्, \"पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएका थिए, दोस्रो क्षेप्यास्त्र तत्कालै विस्फोट भएको जस्तो देखिन्छ।\" ३० मिनेटको अन्तरालमा ती क्षेप्यास्त्रहरुको परीक्षण गरिएको उनले बताए । उत्तर कोरियाली रक्षामन्त्रीले भनेका छन्, \"उत्तर कोरियाली उक्साहटको सामना गर्नका निम्ति हाम्रो सेनाले कडा निगरानी गरिरहेको छ ।\" दक्षिण कोरियामा हजारौं अमेरिकी तथा दक्षिण कोरियाली सेनाले अहिले संयुक्त अभ्यास गरिरहेका छन् । दुई देशको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले निरन्तर विरोध जनाउँदै आएको छ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending