Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

के फेरि बल्झिन सक्छ दोक्लाम विवाद ?

\"\"एजेन्सी । सिक्किम नजिकै रहेको दोक्लाममा भारत र चीनले सैनिक फिर्ता बोलाउने निर्णयलाई भुटानले स्वागत गरेको छ । लगभग ७३ दिनसम्म दोक्लाममा भारत र चीनको सेना आमने सामने थियो । चीनको तर्फबाट आक्रामक भनाइहरु आयो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३–५ सेप्टेम्बरमा चीनमा हुनगइरहेको ब्रिक्स सम्मेलनमा भाग लिन जाँदैछन् । के भारत–चीनबीच सीमानालाई लिएर शान्त रहने सहमती लामो समयसम्म टिक्ला ? अन्तराष्ट्रिय मामिलाका जानकार हर्ष पन्त भन्छन्, ‘यो विवाद अझै पूर्ण रुपमा हल भएको छैन र यसलाई लिएर फेरि पनि दुई देश भड्किने सम्भावना छ ।’ विवादका बीच भूटानको अवस्था के छ ? भूटान केही हदसम्म खुशी छ किनकी दुई ठूला देशबीच ऊ पेलिइराखेको थियो । तर फेरि पनि यस्तो स्थिति आउन सक्ने डर उसमा छ । भारत या भूटान चीनले दुई देशबीचको सीमा विवादलाई लिएर भएको सम्झौता तेड्ने कोशिश गरेको मान्दै आएका थिए । भारत र चीनबीच केही समयका लागि यो हल भयो तर भूटान यो विवादको स्थायी समाधान चाहन्छ । चीनले सडक निर्माण रोक्ला ? अहिले बन्दै गइरहेको परिस्थिति अनुसार चीन तत्काल सडक निर्माण रोक्ने पक्षमा छैन । तर, भविष्यमा ऊ सडक निर्माणको चाहना राख्ला वा नराख्ला यो भन्न सकिने अवस्था छैन । यसकारण जबसम्म भूटान र चीनबीच सीमा विवाद सल्टिँदैन तबसम्म चीनले तीन देशबीचको सम्झौता तोड्ने कोशिश गरेको छ त्यो फेरि पनि दोहोरिने सम्भावना छ । दोकलाममा चीनले गरिरहेको सडक निर्माण रोक्न भारतले सैनिक पठाएपछि यस्तो हालत बन्न गयो, लागिरहेको थियो कि भारत र चीन युद्धका लागि आमने सामने छन् । यो तनाव केही समयका लागि कम भएको छ । दोक्लाम विवादपश्चात के होला चीन–भूटान सम्बन्ध ? भारत भूटानलाई सहयोग गर्न उभिएको थियो, भारत र भूटानबीच नजिकको सम्बन्ध छ यसकारण भूटान आवश्यक पर्दा भारत सहयोगका लागि फेरि उभिनेमा विश्वस्त छ । चीन भूटानसँग आर्थिक सम्बन्ध बढाउन चाहन्छ । चीनले भूटानका लागि कैयौं योजना बनाएको छ र कुराकानीका लागि तत्परता देखाएको छ । भूटानलाई भारत र चीनसँग तालमेल गर्न आवश्यक छ । भूटानको सुरक्षाको जिम्मेवारी भारतसँग छ । भूटानसँग थोरै सेना छ र सीमित सैन्य क्षमताका कारण भारतमाथि निर्भर छ । यसकारण भूटानले भारतलाई विश्वासमा लिएर चीनसँग सम्बन्ध बढाउन जरुरी छ । दुवै देश कसरी वदलिए ? दोक्लाममा तनाव अचानक कम भएको होइन । भारत सरकारले समझ्दारी पूर्ण तरीकाले सेना र युद्धको कुरा नगरी वार्ता गर्न चाह्यो । चीनको रवैया भने धेरै आक्रमक रह्यो । चिनियाँ मिडियाले मात्र नभई सरकारको समेत विवादास्पद भनाई सार्वजनिक भयो । तर यो हप्ता चीनमा ब्रिक्स देशको सम्मेलन हुन गइरहेको छ । यस्तोमा दोक्लामलाई लिएर भइरहेको तनावको बीच चीनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउन समस्या हुनेथियो । यदी विवादका कारण देखाएर मोदी चीन गएनन् भने विश्वमा गलत सन्देश जानेथियो । यही कारण चीनले यो हप्ता विवाद समाधान गर्न चाह्यो । दोक्लामको विषयमा भारत र भूटानको भनाई के छ ? धेरै समयदेखि भूटान र चीनबीच यो विवाद चल्दै आइरहेको छ । यसमा अलग–अलग पक्ष छ । चीन पूरानो सन्धि मान्नलाई इन्कार गरिरहेको छ । जतिबेला सन्धि भएको थियो त्यतिबेला आफूले दबाबमा हस्ताक्षर गरेको चीनको भनाइ छ । भूटान र भारत सीमा विवाद सुल्झाउनका लागि केही लिनुछ भने केही दिनुपर्ने बताउँछन् । भूटानको सीमा समस्या भारतसँग जोडिएको छ । भारत र चीन जब सीमा विवादको कुनै राजनीतिक हल निकाल्छन त्यतिबेला भूटानको सीमा विवाद सुल्झिनेछ । भविष्यमा भूटान यसमा कूटनीतिक प्रयास गर्न सक्छ किनकी उसको लागि यो राष्ट्रिय सुरक्षाको विषय हो । बीबीसी    
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy