Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

महामारी क्षेत्रमा कार्यक्षेत्र भएका एनजीओ/आइएनजीओको करोडौं रकम जान्छ ? नालीबेली सहित

काठमाडौं, जाजरकोट, जुम्ला र कालिकोटका जनताले महामारी नियन्त्रणका लागि समान्य औषधी नपाइरहेको अवस्थामा तिनै जिल्लाहरुलाई मुख्य आधार बनाएर उनै प्रकोपग्रस्त जनताका नाममा क्रियाशील विभिन्न २५ वटा एनजीओले ५८ करोड ४३ लाख ८३ हजार रकम खर्च गरिरहेको कुरा समाज कल्याण परिषद्ले खबरडबलीलाई उपलब्ध गराएको विवरण हेर्दा स्पष्ट हुन आएको छ । ती २५ वटा एनजीओमध्ये स्वास्थ्य क्षेत्रमा काम गर्न भनेर मात्रै खोलिएका ८ एजजीओ छन् । तर, यत्तिका एनजीओ र त्यति ठूलो धनराशिको खोलो बगाइँदा समेत अहिले महामारीबाट पीडित जनता त्यस्तो सेवाबाट लगभग बेखर नै भएको पाइएको छ । दुर्गम भेगका गरिब जनता र तिनको स्वास्थ्यका लागि भनिए पनि ती एनजीओहरु जनताको स्वास्थ्यप्रति उदासिन नै रहेको सरकारी निकायका अधिकारीहरु बताउँछन् । जनताको स्वास्थ्य तथा उनीहरुको वृत्ति विकासका लागि भन्दै खोलिएका एनजीओ तथा आईएनजीओहरुले दर्जनौ जनताको जीवन एकैसाथ धरापमा पर्दा र त्यत्रो महामारी फैलँदा देखाएको उदासिनताले एनजीओहरु के गर्दैछन् र उनीहरु कसको ‘विकास’ चाहन्छन् ? गम्भीर प्रश्नचिहन खडा भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा जाजरकोट, जुम्ला र कालिकोटमा काम गर्ने एनजीओहरुको संख्या झन्डै दुई गुणाले बढेको देखिन्छ । त्यसैगरी ती एनजीओले खर्च गर्ने रकम पनि एक गतवर्षको तुलनामा यस वर्ष झन्डै तीन गुणा वृद्धि भएको देखिन्छ । तर, ती एनजीओको भूमिकाकै कारण त्यस भेगका जनताको कुनै पनि क्षेत्रमा स्तरोन्नति भएको नदेखिएको स्थानीयवासी बताउँछन् । बाहिरबाट हेर्ने र अवलोकन गर्ने कसैले पनि एनजीओमार्फत जनजीवनमा सुधार आएको भन्न सकिने एउटा आधार पनि देखापरेको पाइँदैन ।
जाजरकोट, जुम्ला र कालिकोटका जनताले महामारी नियन्त्रणका लागि समान्य औषधी नपाइरहेको अवस्थामा तिनै जिल्लाहरुलाई मुख्य आधार बनाएर उनै प्रकोपग्रस्त जनताका नाममा क्रियाशील विभिन्न २५ वटा एनजीओले ५८ करोड ४३ लाख ८३ हजार रकम खर्च गरिरहेको कुरा समाज कल्याण परिषद्ले खबरडबलीलाई उपलब्ध गराएको विवरण हेर्दा स्पष्ट हुन आएको छ ।
समाज कल्याण परिषद्ले उपलब्ध गराएको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा १८ वटा एनजीओले अन्तर्राष्ट्रिय दातृ निकायबाट १८ करोड ७५ लाख  ८३ हजार खर्च गरेको देखिन्छ । त्यस्तै यस आर्थिक वर्षमा ती एनजीओले खर्च गर्ने बजेट ५८ करोड ४३ लाख ८३ हजार छ । जसमध्ये स्वास्थ्य क्षेत्रमा मात्रै काम गर्ने विभिन्न आठ एनजीओले चालू आर्थिक वर्षमा खर्च गर्ने बजेट ५ करोड ६९ लाख ३६ हजार छ । कागजी र कानुनी नरजमा देखिएको एनजीओको यत्रो ‘सक्रियता’ का बाबजुद त्यस क्षेत्रका जनताले झाडापखाला नियन्त्रण गर्ने समान्य औषधी, ज्वरो–रुघाखोकीमा प्रयोग गरिने सिटामोललगायतका सामान्य ‘एन्टिबायोटिक’ समेतको अभावका कारण ज्यान गुमाइरहेका छन् । यतिबेला जाजरकोटका विभिन्न गाउँहरुमा फैलिएको ‘स्वाइन फ्लु’ तथा ‘भाइरल फ्लु’ को महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइए तापनि जुम्ला र कालिकोटमा भने यसको महामारी दिनानुदिन फैलँदो क्रममा नै छ । महामारीमा परी बुधबारसम्म जाजरकोटका २८ जनाले ज्यान गुमाइसकेका छन् भने अझै पनि ४ हजारभन्दा बढी नागरिक उपचारको अवसरबाट वञ्चित छन् । महामारी क्षेत्रमा औषधीको चरम अभाव कायमै छ । रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने लक्षणसहितको रोगले जाजरकोटका दुर्गम अर्छानी गाविसबाट सुरु भएको महामारीले पाँच गाविसलाई प्रभावित पारेको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies