जाजरकोट, जुम्ला र कालिकोटका जनताले महामारी नियन्त्रणका लागि समान्य औषधी नपाइरहेको अवस्थामा तिनै जिल्लाहरुलाई मुख्य आधार बनाएर उनै प्रकोपग्रस्त जनताका नाममा क्रियाशील विभिन्न २५ वटा एनजीओले ५८ करोड ४३ लाख ८३ हजार रकम खर्च गरिरहेको कुरा समाज कल्याण परिषद्ले खबरडबलीलाई उपलब्ध गराएको विवरण हेर्दा स्पष्ट हुन आएको छ ।समाज कल्याण परिषद्ले उपलब्ध गराएको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा १८ वटा एनजीओले अन्तर्राष्ट्रिय दातृ निकायबाट १८ करोड ७५ लाख ८३ हजार खर्च गरेको देखिन्छ । त्यस्तै यस आर्थिक वर्षमा ती एनजीओले खर्च गर्ने बजेट ५८ करोड ४३ लाख ८३ हजार छ । जसमध्ये स्वास्थ्य क्षेत्रमा मात्रै काम गर्ने विभिन्न आठ एनजीओले चालू आर्थिक वर्षमा खर्च गर्ने बजेट ५ करोड ६९ लाख ३६ हजार छ । कागजी र कानुनी नरजमा देखिएको एनजीओको यत्रो ‘सक्रियता’ का बाबजुद त्यस क्षेत्रका जनताले झाडापखाला नियन्त्रण गर्ने समान्य औषधी, ज्वरो–रुघाखोकीमा प्रयोग गरिने सिटामोललगायतका सामान्य ‘एन्टिबायोटिक’ समेतको अभावका कारण ज्यान गुमाइरहेका छन् । यतिबेला जाजरकोटका विभिन्न गाउँहरुमा फैलिएको ‘स्वाइन फ्लु’ तथा ‘भाइरल फ्लु’ को महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइए तापनि जुम्ला र कालिकोटमा भने यसको महामारी दिनानुदिन फैलँदो क्रममा नै छ । महामारीमा परी बुधबारसम्म जाजरकोटका २८ जनाले ज्यान गुमाइसकेका छन् भने अझै पनि ४ हजारभन्दा बढी नागरिक उपचारको अवसरबाट वञ्चित छन् । महामारी क्षेत्रमा औषधीको चरम अभाव कायमै छ । रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने लक्षणसहितको रोगले जाजरकोटका दुर्गम अर्छानी गाविसबाट सुरु भएको महामारीले पाँच गाविसलाई प्रभावित पारेको छ ।
description goes here
भाद्र ३१ गते, २०७२ - १३:१५
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
भाद्र ३१ गते, २०७२ - ०७:४३
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...
भाद्र ३० गते, २०७२ - १७:२४
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
भाद्र ३० गते, २०७२ - १७:१७
काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...
भाद्र ३० गते, २०७२ - १६:२२
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
भाद्र ३० गते, २०७२ - १५:४३
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
भाद्र ३० गते, २०७२ - १५:२९
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
भाद्र ३० गते, २०७२ - १५:२२
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भाद्र ३० गते, २०७२ - १४:२४
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...
भाद्र ३० गते, २०७२ - १३:५२
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...


प्रतिकृया लेख्नुहोस्: