इनरुवा । महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयले यहाँ आयोजित पत्रकार सम्मेलन जनाएको हो । महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा लागुऔषध ल्याइरहेको छ भनी प्राप्त सूचनाको अधारमा ती महिलालाई पक्राउ गर्न सफल भएपछि लागुऔषध तस्कारीको नयाँ रहस्य खुलेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । पुरुषले अण्डकोषमा लागुऔषधको तस्करी गरिरहेको बेला महिलाले पनि छातीमा लागुऔषध लुकाएर ओसारपसार गर्न थालेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धरान– ११ की चन्द्रकला रसाइली र धरान – ८ की बबिता मंग्राती रहेको र उनीहरुको साथबाट एभिल ४० एम्पुल, डाइजोपाम ४० एम्पुल, लुपी जेसिक ४० एम्पोल, एसपि २४ ट्याबलेट र नाइट्रोजन ५० ट्याबलेट सहितको लागुऔषध बरामत गरेको जनाएको छ । उनीहरुमथि लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाएइने भएको छ । त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा लौकही सडकखण्डबाट समेत लागुऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका– ३ बस्ने मनोजकुमार राउत र भारत अररिया बेलही– ७ बस्ने प्रमोदकुमार यादव रहेको प्रहरी प्रवक्ता नारायणप्रसाद चिमरियाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: