Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भयानक बन्दै मुटुराेग, अाफ्नाे मुटु जाेगाउन यसाे गराैं

 \"\"आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ भन्ने नाराका देशभर विभिन्न जनचेतना कार्यक्रम गरेर मनाईंदैछ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गइरहेको छ । नेपालमा हाल २५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको अध्ययनले देखाएको छ । यसलाई सङ्ख्यामा परिणत गर्ने हो भने ६५ लाख जनता कुनै न कुनै मुटु रोगबाट ग्रस्त छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार, नेपालमा मुटु रोगीको सङ्ख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ यादव भट्टका अनुसार, यसको प्रमुख कारण मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन नै हो । हाल नेपालमा हृदयाघातसँगै उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको छ । यस्तै मुटु रोग बढ्नुमा जीवनशैलीसँगै धूमपान, मोटोपन, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छिपन, बनावटी खानाको अत्यधिक प्रयोग, मानसिक तनाव हो । नियमित स्वास्थ्य परीक्षण नगराउनु हृदयाघातको मुख्य कारण मानिन्छ । मुटुरोग विशेषज्ञ डा. भट्टले भने, ‘मुटुरोगलाई नियन्त्रणमा राख्ने हो भने मानिसले आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन गर्नैपर्छ ।’ अर्का मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुका विभिन्न समस्यामध्ये हृदयाघात, भल्बको रोग, मुटुका मसल कमजोर हुने रोग, मुटुको चालमा गढबढ हुनु र जन्मजात हुने मुटु रोग प्रमुख रहेको बताए । डा. रेग्मीले हृदयाघात भइसकेपछि सुविधासम्पन्न अस्पतालमा पु¥याउँदा पनि ७ प्रतिशतको मृत्यु भइसक्ने जानकारी दिए । डा. रेग्मीले मानिसको जीवनशैलीलाई ध्यान दिएर दैनिक एक घण्टा हिँड्ने बानी बसाल्नुपर्ने बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरेको छ । सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि २ करोड ५० लाख पुग्नेछ र हृदयाघातले सरुवा रोगलाई उछिनेर संसार कै हत्यारा नम्बर एकका रोगका रूपमा स्थापित हुनेछ । यो क्रम निरन्तर बढ्दै जाने हो भने केही वर्षभित्र नेपालमा जति मानिस मर्छन् त्यसको ५० प्रतिशत हृदयाघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्र मर्ने देखिन्छ । १० वर्ष अघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा हाल युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ रेग्मीले भने, ‘पछिल्लो समय जन्मजातै वा युवावस्थामा समस्या देखिन थालेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नेपालमा बढ्दो शहरीकरण, खानपान, मानिसको जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको बताए । मुटुसम्बन्धी रोग बढ्नुका कारण (क) बढ्दो र अव्यवस्थित शहरीकरण, (ख) दैनिक खानपानमा आएको परिर्वतन, (ग) मानिसको जीवनशैलीमा आएको परिवर्तन, (घ) बढ्दो धूमपान तथा मद्यपान,  (ङ) मोटोपन तथा शारीरिक अभ्यासको कमी,  (च) असन्तुलित आहार,  (छ) अल्छिपन, बनावटी (जंक फुड) खानाको अत्यधिक प्रयोग, (ज) मानसिक तनाव, मुटु स्वस्थ राख्न के गर्ने ? (क) दैनिक एक घण्टा हिँड्ने बानी बसाल्ने, (ख) नियमित स्वास्थ्य परीक्षण गराउँने, (ग) आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन, (घ) धु्रमपान तथा मद्यपान कम गर्दै लैजाने, (ङ) बजारमा उपलब्ध (जंक फुड) खाना नखाने,  (च) सन्तुलित र घरमै बनाएको खाना खाने,  (छ) मौसमी फलफूल तथा सागपात, सलाद खाने,  (ज) आवश्यक मात्रामा पानी पिउने, (झ) साझमा सफ्ट खाना खाने , (ञ)  चिल्लो, पिरो बोसो भएको खाना नखाने,  (ट) मुटेका, तारेका खानेकुरा नखाने, (ठ) सकभर मासु कम खाने,

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies