आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ ।
वर्षा भएपछि कोयाखोलामा स्थानीयवासीलाई वारिपारि गर्न पुल अत्यावश्यक पर्छ । तर खोलामा भएको पुल जीर्ण बनेकाले स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्ने गर्छन् । यो पुल तरेर थोक्लुङसहित तेह्रथुमको आठराई गाउँपालिकाका बासिन्दा पारि फेदाप गाउँपालिकातर्फ जाने आउने गर्छन् । थोक्लुङको पिप्ले गाउँका २० जनाभन्दा बढी विद्यार्थीसमेत खोला तरेर विद्यालय जाने गर्छन् । तर खोलाको पुल नै जीर्ण भएपछि विद्यार्थीलाई विद्यालय जान आउनसमेत समस्या हुने गरेको छ । ठूलो वर्षा भएका बेला स्थानीयवासीलाई आफ्ना नानीहरु विद्यालय पठाउन मनमा त्रास हुन्छ र पठाउँदैनन् । पिप्लेका २० जनाभन्दा बढी विद्यार्थी पारि पुल्डुङ स्कुलमा पढ्ने गरेका स्थानीयवासी अशोक तिम्सिनाले बताए । जीर्ण बनेको पुल यो वर्ष भने स्थानीयवासीले श्रमदानमार्फत मर्मत गरेर प्रयोग गरेका छन् । पुल गाडिएको पिलर भत्किन लागेका छन् । पुलमा प्रयोग भएका काठ पनि सबै उप्किएका छन् । स्थानीयवासीले पुलमा बाँस र रुख राखेर आवतजावत गर्न सजिलो बनाउन खोजेका छन् । तर साना बालबालिकालाई एक्लै पुल तर्न मुस्किल पर्छ । धेरै तौल पुलमा तार्न पर्दा पुल चुँडिनेसमेत सम्भावना देखिन्छ । पुल नजिकैबाट सडक निर्माण शुरु भएकाले पुल मर्मत सम्भारमा कसैले चासो नदिएको स्थानीयवासी तिम्सिनाले बताए । सडकको बाटो खुला भएपनि अहिले पुल निर्माण नहुँदा सवारी साधन आवतजावत हुन भने सकेका छैनन् ।राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: