Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चीनमा ६८औं राष्ट्रिय दिवस मनाइँदै

\"\"बेइजिङ्ग । चीनले आइतबार आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनाउदै छ । सो राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आजबाट शुरु भएको छ । चीनले अफ्नो स्थापनाको ६८ औँ दिवस मनाउन चीनको तियानमेन स्क्वायरमा विशेष कार्यक्रम गरेको थियो । बादशाही शासनकालबाट मुक्त भै जनवादी गणतन्त्र चीन स्थापना भएको आज ६७ बर्ष पुगी ६८ औं बर्ष प्रवेश भएको हो । तियानमेत स्क्वायरमा आइतबार बिहान ६ः०५ बजे विशेष समारोहको आयोजना गरी सो समारोहमा झण्डोत्तोलन गरिएको थियो । साप्ताहिक कार्यक्रम शुरुवातीको पहिलो दिन आज राष्ट्रिय झण्डोत्तोलन अवलोकन गर्न देशभरबाट करिब १ लाख १५ हजार मानिसहरु बिहानैदेखि बेइजिङ्गको तियान्मेन चोकमा भेला भएका छन् । हरेक बर्ष तियानमेन स्क्वायरमा चीनको राष्ट्रिय दिवस मनाउन यस्तै विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । तियानमेन स्क्वायर चीनको राजनीतिक परिवर्तनमा विशेष स्थान मानिन्छ । सो स्थानमा आइतबार बिहान चिनियाँ सैनिकले झण्डा उठाएर चीनको स्थापना दिवसको स्वागत गरेपछि विशेष सैनिक परेड सुरु भएको थियो । आज बिहान घाम झुल्केसँगसँगै राष्ट्रिय धूनकाबीच पाँच तारे राष्ट्रिय ध्वजा उठाई झण्डोत्तोलन गरियो । राष्ट्रिय झण्डोत्तोलनका क्रममा, १७ मिटर (५६ फिट) अग्लो पारी झण्डाको पृष्ठभूमिमा झुण्ड्याइएका विभिन्न फल र फुलः पाँचवटा ताराको प्रतीकस्वरुप – हलुवाबेत, अनार, स्याउ, पियोनी (बिशेष प्रकारको चिनियाँ फूल) तथा चिनियाँ गुलाफको फूलका बिशाल टोकरीबाट पुष्प र फलको बृष्टि गरिएको छ । शान्ति, समृद्धि र प्रगतिको प्रतिकका रुपमा ती फल र फूलहरु प्रदर्शन गरिएको थियो । त्यहाँ उपस्थित नागरिकहरुले राष्ट्रभक्तिका अभिव्यक्तिहरु दिने तथा तियानमेन स्क्वायरको ऐतिहासिकता झल्काउने गरी राखिएका प्राचीन बस्तु, पुराना दरबार तथा बनोटहरु हेर्ने गर्दछन् । चोकमा भेला भएका अपार जनसमूहले देशभक्ति तथा राष्ट्रप्रेमले ओतप्रोत भै मौनतापूर्वक उक्त कार्यक्रम अवलोकन गरेका छन् । साथै, चीन भ्रमणमा आएका पर्यटकहरुले समेत सो कार्यक्रम खुशीपूर्वक, अत्यन्तै चाख मानेर हेरेका थिए । राष्ट्रिय दिवशको उपलक्षमा चीन सरकारले देशभर साताव्यापी सार्वजनिक बिदाको घोषणा गरेको छ । यस बर्षको परम्परागत चिनियाँ मध्य–शरद पर्व (मिड–अटम फेस्टिभल) वा मून केक फेस्टिभल आगामी अक्टोबर ४ मा पर्दैछ । सो पर्वलाई समेत ध्यानमा राखी उक्त सातदिने सार्वजनिक बिदाको घोषणा गरिएको हो । हामी नेपालीको दशैं, तिहारको चाहाड जस्तै चीनमा मिड–अटम वा मून केक फेस्टिभलमा परिवारका सदस्यहरु जहाँ भए पनि एकै ठाउँमा भेला भै मनाउने गरिन्छ । आइतबार बिहानका दृश्यहरु पनि यस्तै रहेका त्यहाँबाट प्राप्त विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies