Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

नवलपरासीमा मुस्लिम समुदायको ताजिया मेला शुरु 

\"\"परासी । नवलपरासीमा आइतबारदेखि ताजिया मेला शुरु भएको छ । तीन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आइतबारबाट शुरु भएको छ । ताजियाको दर्शन गर्न भक्तजनहरुको भीँड बढ्न थालेको छ । मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व यहाँका मुस्लिम समुदायले ठूलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हिजरीको पहिलो महिना मोहरमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहरम पर्व कसैले ताजिया बनाई त कसैले विविध कार्यक्रम गरी मनाउने गरेका छन् । जिल्लाको सिमावर्ती क्षेत्र सरवाल गाउँपालिकाका वार्ड नम्बर ७ भुजहवाँमा ठुला तजिया बनाई मेला संचालन गरिएको छ । ७० फिट उचाई, ३० फिट चौडाई आकारमा ३२ खण्डको उक्त ताजिया बनाइएको छ । एक वर्ष लगाएर दुई जना ताजिया मिस्त्रीले बाँसैबासमा रङ्गिनचङ्गिन कागज बेरेर उक्त ताजियालाई सजाएको ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष राखलखन कुश्वाहाले बताए । जिल्लाको भुजहवा, महेशपुर र भगतपुरवा भन्ने गाउँमा ठुलो ठुलो ताजिया बनाई मेला संचालन गरिएको छ । मेलामा हिन्दु मुस्लिम समुदायको नेपाल भारतबाट हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेको अध्यक्ष कुश्वाहाले बताए । वर्षौदेखि परम्परागत रुपमा मनाईँदै आएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेलसमेत प्रदर्शन गरिन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies