Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

रोहिङ्गालाई स्वदेश फिर्ता गर्न दुई देशको संयुक्त कार्य समूह

 

\"\"ढाका ।  बङ्गलादेशमा रहेका म्यान्माली शरणार्थीलाई स्वदेश फिर्ता पठाउनका लागि म्यानमार र बङ्गलादेश सम्मिलित एक संयुक्त कार्य समूह गठन गर्ने विषयमा सहमति भएको समाचार छ । सोमबार बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि र म्यान्माली राज्य परिषदका राज्यमन्त्री उ च्यको नेतृत्वमा बङ्गलादेशमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीपछि सो विषयमा सहमति भएको बताइएको छ । बङ्गलादेशसँग रोहिङ्गाको विषयमा आवश्यक छलफल गर्ने उद्देश्यले म्यान्मारको उक्त प्रतिनिधिमण्डल बङ्गलादेशको राजधानी ढाका आइपुगेको हो । दुवै पक्षबीच रोहिङ्गा शरणार्थीलाई के कसरी फिर्ता लैजाने भन्ने बारेमा कुराकानी भएको पनि ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ । गएको अगष्ट २५ मा म्यानमारको राखिन राज्यमा रहेको एक प्रहरी चौकीमाथि नै रोहिङ्गा समर्थक सशस्त्र हतियारधारीले हमला गरेका थिए । सो हमलाको कारबाहीस्वरुप भन्दै म्यानमारको सेनाले रोहिङ्गा बस्तीमै पुगेर उक्त समुदायका सदस्यहरुमाथि नै आक्रमण गरेको थियो । यसका कारण ठूलो सङ्ख्याका नागरिक घाइते भएका थिए भने केहीको ज्यान गएको थियो । उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ । यसरी भड्किएको हिंसापछि म्यानमारका ठूलो सङ्ख्याका नागरिक भागेर बङ्गलादेश पुगेका हुन् । राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु करिब साढे चार लाखजति बङ्गलादशेमा विस्थापित भएका छन् । सो विवादका कारण ती लाखौँजना रोहिङ्गाले देश छोडेका छन् । जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि म्यानमारको ठूलो आलोचना भएको छ । अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या साढे चार लाख जति पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ । म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ । म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

उनीहरुको अवस्था देशभित्र तथा बङ्गलादेशमा समेत दयनीय रहेको समाचारहरु आइरहेका छन् । बङ्गलादेशमा करिब ६५ वटा शिवीर बनाएर उनीहरुलाई राखिएको छ । उनीहरुलाई एउटा राज्यबाट अर्काेमा जान पनि नपाउने नियम बनाइएको छ । त्यस्तै उनीहरुले राहादानी पनि बोक्न नपाउने नियम बङ्गलादेशको सरकारले बनाएको छ । बङ्गलादेशमा रहेका ती शरणार्थी शिवीरमा खानेपानी तथा अरु पनि सामान्य एवम् आधारभूत आवश्यकताहरु पूरा नहुदा यहाँ रहेका शरणार्थी शिवीरहरुमा हैजाको किटाणु फैलिनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले यसअघि दिएको थियो । सिन्ह्वा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies