Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

काम अघि बढाउन चासो नदिएपछि ढल्केबरकाे ठेक्का तोडियाे, ठेक्काकाे ३० करोड धरौटी जफत

\"\"काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणाधीन २ सय २० केभीको सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग सम्झौता तोडेको छ । कामको गति बढाउन अटेरी गरेको भन्दै कम्पनीसँगको ठेक्का तोडिएको हो । ठेक्का तोडिएसँगै कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत गरिएको महतोले जानकारी दिए । यस कम्पनिले विभिन्न बखेडा झिक्दै काम गर्न अटेर गरिरहेको थियो । पटक-पटक काममा तीव्रता दिन आग्रह गरेपनि चिनियाँ कम्पनीले काम अघि बढाउन कुनै चासो नदिएपछि ठेक्का तोडिएको ढल्केबर सबस्टेसन निर्माण आयोजनाका प्रमुख राधेशरण महतोले बताए । महतोकाअनुसार सीसीपीजीले ढल्केबरबाहेक अन्य दुई स्थानका सबस्टेसन निर्माणको कामबाट हात झिक्न खोजेको थियो । उसले अन्य सबस्टेसन आयोजनामा पनि अहिले नै आफैंसँग सम्झौता गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यस्तै ढल्केबर सबस्टेशनमा नयाँ रेट कायम गर्न पनि उसले प्राधिकरणलाई दबाव दिएको थियो । आफ्ना सर्त माने मात्रै काम अघि बढाउने चिनियाँ कम्पनीले अडान राखेपछि ठेक्का तोडिएको हो । ‘ठेक्का सम्झैता बाहिर गएर हामीले कुनै सम्झौता सकेनौं, किनकी यो राष्ट्रहित बिपरीत थियो । बरु काम गर्न अटेरी गर्ने कम्पनीसँग ठेक्का नै तोड्ने निर्णयमा पुग्यौं,’ प्रमुख महतोले भने । सम्झौताअनुसार सीसीपीजीले ढल्केबरसँगै इनरुवा र हेटौंडाको पनि सबस्टेसन निर्माण गर्नुपर्ने थियो । अहिले ढल्केबर सबस्टेशनकोे करिब ९० प्रतिशत मात्रै काम सकिएको छ । हेटौंडामा गत मे महिनाबाट मात्रै काम सुरु गरेकाले खासै काम हुन पाएको छैन । इनरुवामा कम्पनीले काम नै सुरु गरेको छैन । ०७२ सालमा सम्पन्न गर्नुपर्ने यी सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापरवाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन । गत भदौमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसपछि ठेकेदार सीसीपीजीले तत्कालै काम सुरु गरेपनि पछिल्लो समयमा फेरि काममा अटेरी गर्न सुरु गरेको थियो । कम्पनीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेर्नै छाडेको थियो । यसैका कारण कम्पनीले पटक-पटक काम रोक्दै आएको थियो । अहिलेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि निर्माण स्थलमै पुगेर निर्माण प्रक्रियामा तीव्रता दिन निर्देशन दिएका थिए । तर, सीसीपीजीले पछिल्लो समय तीनवटा सर्त राख्दै काम रोक्दै आएको थियो । प्राधिकरणले यो कम्पनीलाई १ अर्ब ४२ करोडमा सामानको रकम र जडान चार्जबापत ६० करोड तिर्ने सम्झौता गरेको थियो । भारतबाट २ सय मेगावाट विजुली आयात गर्ने आगामी सुख्खायाममा यो सबस्टेसनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ । यसको निर्माण रोकिएसँगै आगामी हिउँदमा यो सबस्टेसन मार्फत थप विद्युत् ल्याउने योजना अलपत्र परेको छ । अहिले आयोजनाले के कसरी निर्माण अघि बढाउने भनेर छलफल थालेको छ । ‘ठेक्का तोडेपछि अब हिउँदसम्ममा काम सक्न के कसरी नयाँ कम्पनीलाई ठेक्का दिने भनेर हामीले छलफल गरिरहेका छौ,’ प्रमुख महतोले भने । प्राधिकरणले यसअघि यो सबस्टेसन अगष्टसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले यसअघि २२० केभीको भरतपुर-बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा पनि सीसीपीजीसँग खोसेको थियो । यसरी ठेक्का तोडेपछि यसले अन्य स्थानको काम रोक्दै आएको थियो । उसले जफत भएको ३० करोड बराबरको रकम फिर्ता नगरेसम्म कामै सुरु नगर्ने धम्की समेत दिएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies