कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने भएका छन् । आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने बताइएको छ । उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुल्ला दिसा मुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुल्ला दिसा मुक्त तथा पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिइएकोे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र रहेका ११ वटामध्ये तीन वटा वडा पहिले नै खुल्ला दिसा मुक्त घोषणा भइसकेको हुँदा ती वडामा अनुगमन गरिने उनले बताए । सो नगरपालिकाले मंसिर १ गते वडा नं ५, मंसिर ३ गते वडा नं ३, मंसिर ४ गते वडा नं ४ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । त्यस्तै मंसिर ५ गते वडा नं ६, मंसिर ६ गते वडा नं ७, मंसिर ७ गते वडा नं १, मंसिर ८ गते वडा नं ८ र मंसिर ९ गते वडा नं २ पछि मंसिर २५ गते नगरलाई नै दिसा मुक्त घोषणा गर्ने कार्यक्रम छ । समय छोटो रहेको हँुदा धेरै चुनैतीको सामना गरी तोकिएको समयमै लक्ष्य पूरा गर्न सम्पूर्ण वडाध्यक्षलाई आ–आफ्नो वडामा अभियानलाई तीव्ररुपमा लैजान नगर प्रमुख अधिकारीले आग्रह गरे । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: