Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश (नामसहित)

\"\"काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गर्नुभएको भनी प्रशंसा गरे । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उनले आग्रह गरे । “निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाट सहयोग हुने अपेक्षा गरिएको छ,” उनले भने । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने प्रक्रिया गणितीय, प्राविधिक र जटिल भएकाले बन्दसूचीलाई प्रक्रिया पूरा गरेर दर्ता गर्न समय लागेको बताए । बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् । यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (माओवादी केन्द्र), नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy