Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बादल चितवनबाट चुनाव नलड्ने, यस्तो छ कारण

\"\"काठमाडौं । नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ चितवनबाट चुनाब नलड्ने भएका छन् । नेकपा माओवादीले निर्वाचन आयोगमा बादलको नाम समानुपातिकतर्फको सूचिमा पेश नगरेपछि उनी प्रत्यक्षबाट लड्ने चर्चाले झन स्थान पाएको थियो । बादल चितवनको निर्वाचन क्षेत्र नं. २ बाट लड्ने निश्चित भएको प्रचार समेत माओवादी वृत्तबाट गरिएको थियो । तर पछिल्लो चरणमा नेकपा एमालेसँग साठी र चालिसको अनुपातमा तालमेल हुने भएपछि चितवनको क्षेत्र नम्बर दुई बाट नेता बादल उम्मेदवार नहुने देखिएको हो । यद्यपी पार्टीले यसबारे केही आधिकारिक निर्णय भने नगरेको माओवादी केन्द्र श्रोतले बतायो । “निर्वाचनमा नेता बादल चितवन क्षेत्र नं. २ बाट चुवाब लड्ने चर्चा भएपनि उनी त्यहाँबाट चुनाब नलड्ने भएका हुन् । उनलाई अन्य क्षेत्रबाट प्रत्यक्षबाट उठाउने या समानुपातिकमा राख्ने विषयमा छलफल चलिरहेको छ ।” श्रोतले भन्यो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचिमा दलहरुले सच्याउन पाउने व्यवस्था रहेको छ । गत असोज २९ गते बुझाइएको सूचिको बरियताक्रम परिवर्तन गर्न नमिल्ने भएपनि नाम भने सच्याउन पाइने भएकोले बादललाई समानुपातिकतर्फ राख्ने सुझाव पार्टीभित्र आएको श्रोतले बतायो । बादल आफूले भने प्रत्यक्ष या समानुपातिक के हुने भन्ने बारेमा कुनै विचार सार्वजनिक गरेका छैनन् । चितवन ३ बाट पार्टी अध्यक्ष प्रचण्डले भने यस अघि नै उम्मेदवारीको घोषणा गरिसकेका छन । प्रचण्ड क्षेत्र नं. ३ बाट लड्ने अवस्थामा दुई र एकमा नेकपा एमालेले दावी गर्ने सम्भावना बलियो देखिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending