Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अन्तत काग्रेसले दियाे बाबुरामलाइ गोरखा २, अाँखाे वा रूख निर्णयमा घम्सा घम्सी

\"\"गोरखा । वाम गठबन्धबाट पछिहटेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्तत काँग्रेससंग घाँटी जाेड्न पुगे पछि गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई कांग्रेससँगको गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साझा उमेदवार बनाउने निर्णय गरे पछि उनि उम्मेद्वार बनेका हुन । नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले क्षेत्र नं. २ मा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो । बाबुरामले गोरखा २ बाट कांग्रेससँगको तालमेलमा चुनाव लड्ने भएपनि आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो भने आइतबार लाग्ने स्रोतको भनाइ छ । गोरखा क्षेत्र नं. १ मा भने कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई टिकट दिएको छ । क्षेत्र नम्वर २ मा भट्टराइलाई सघाउने भएपछि क्षेत्र नं. १ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको कांग्रेस स्रोतले बतायो । प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि कांग्रेसले उमेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं. १ को -क) मा धिरन थापा र -ख)मा राजेन बजगाईलाई टिकट दिएको छ । त्यस्तै क्षेत्र नं. २ को (ख)मा प्रकाश चन्द्र दुवाडी उमेदवार बन्ने भएका छन् भने (क) भने नयाँ शक्तिलाई दिने सहमति भएपनि उमेदवारको टुङ्गो लागेको छैन । प्रतिस्पर्धा बाम गठवन्धनका माओवादी र एमालेले पनि गोरखामा उमेदवारको टुङ्गो लगाइसकेका छन् । क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका लागि माओवादीका हरि अधिकारीले टिकट पाएका छन् भने क्षेत्र नं. २ मा नारायणकाजी श्रेष्ठको उमेदवारी पक्का भएको छ । क्षेत्र नं. २ मा माअोवादीले नारायणकाजीलार्इ टिकट दिएपछि यहाँकाे चुनावी भिडन्त रोचक हुने भएको छ । दुर्इ हेविवेट नेताहरू भट्टरार्इ र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. १ को (क)मा माओवादीका लेखबहादुर थापाले टिकट पाएका छन् भने (ख)मा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतले टिकट पाएका छन् । गोरखामा एमालले एउटा प्रदेश मात्र पाएको हो । क्षेत्र नं. २ को (क)बाट माओवादीकी कमला नहर्की र (ख)मा अमर तमुले टिकट पाएका छन् । माओवादीका हितराज पाण्डे र चुडामणि खड्का भने प्रतिनिधिसभाको समानुपातिकमा बसेको बुझिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy