Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मुख्यमन्त्रीका लागि प्रदेशसभामा लड्दै मन्त्री शाही

\"\"काठमाडौं । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्री बन्न प्रदेश सभा सदस्यका लागि चुनाव लड्ने भएका छन।
शाहीलाई यसअघि संघका लागि बामगठबन्धनको तर्फबाट साझा उम्मेद्वारको रुपमा घोषणा गरिएको थियो । तर एमालेसंगको चुनावी तालमेल र पार्टीको योजना अनुसार माओवादी केन्द्रले शाहीलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारेको हो ।
मन्त्री शाही मुख्यमन्त्रीका लागि प्रदेश सभा सदस्यमा चुनाव लड्ने भएपछि प्रतिनिधि सभा सदस्यका लागि लबिङ्ग गरिरहेका दुर्गबहादुर रावत अब संघमा छनौट भएका छन ।
यसअघि रावतलाई कालीकोटको प्रदेश सभा क मा चुनाव लड्ने गरि पार्टीले टिकट दिएको थियो ।
तर एमालेसंगको छलफलपछि एमालेले कालीकोटको क प्रदेशबाट कुर्मराज शाहीलाई उम्मेद्वार बनाएको छ । कर्णाली प्रदेश अर्थात् ६ नम्बर प्रदेशमा उपल्लो तहका नेता संघमा मात्र चुनाव लड्ने भएपछि शाहीलाई माओवादीले मुख्यमन्त्रीको दाबी सहित प्रदेश सभा सदस्यका लागि टिकट दिएको हो ।
नेपाली कांग्रेसले एकपटक मन्त्री भएका हुम्लाका जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिरहेका बेला बामगठबन्धनबाट मुख्यमन्त्रीको रुपमा शाहीलाई अगाडी सारिएको हो । शाही हेभिवेट उम्मेदवार नेकपा माओवादी केन्द्रमा हाईप्रोफाईलका सबै नेताहरु प्रतिनिधि सभाका लागि मात्र उम्मेद्वारी दिने भएपछि हाईप्रोफाईल नेताको रुपमा मन्त्री शाहीलाई अगाडी सारिएको माओवादीको भनाई छ ।
एकपटक फुल क्याबिनेट मन्त्री भईसकेका शाही बाहेक प्रदेश नम्बर ६ मा प्रदेश सभा सदस्य भएर चुनाव लड्ने नेताहरु हाईप्रोफाईलका छैनन् । पार्टीमा अनुभव प्राप्त नेताहरुलाई मुख्य मन्त्री बनाउने योजना अनुसार शाहीलाई पार्टी केन्द्रले प्रदेश सभामा उम्मेद्वारी दिन लगाएको हो ।
प्रदेश नम्वर ६ मा मुख्य मन्त्रीका लागि अनौपचारिक रुपमा रुकुमका गोपाल शर्मा र जुम्लाका नरेश भण्डारीको चर्चा भएपनि उनीहरुसँग मन्त्रिपरिषद्को अनुभव छैन । मन्त्री शाही उर्जा मन्त्रालयको जिम्मेवारी सम्मालिरहेका बेला गोपाल शर्मा गृहमन्त्रीका मुख्य स्वकीय सचिव थिए । जुम्लाका भण्डारी प्रथम संविधानसभाका सभासद हुन् ।
मन्त्री शाही जनमुक्ति सेना नेपालको डिभिजन कमाण्डरको जिम्मेवारी सम्हाल्दै दोस्रो संविधानसभामा माओवादी केन्द्रको कर्णालीबाट निर्वाचित हुने एक मात्र नेता हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगका प्रस्तावक पनि महेन्द्र शाही नै हुन् । यसरी नेकपा(माओवादी केन्द्र) ६ नम्बर प्रदेशबाट प्रदेशसभाका लागि उम्मेद्वारी दिने नेताहरुमध्ये महेन्द्र शाही हेभिवेट नेता देखिन्छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy