Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

नेपाल र जोर्डनबीच प्राविधिक समिति बन्ने

 

\"\"काठमाडाैं । नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ ।

सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति गठन गरिने व्यवस्था रहेको श्रम तथा रोजगार मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिको बैठक वर्षमा एक पटक बस्ने व्यवस्था गरिएको छ । श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डन सरकारकातर्फबाट श्रम तथा रोजगारमन्त्री अलि अल गेजावीले जोर्डनस्थित श्रम मन्त्रालयमा यही कात्तिक १ गते सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार जोर्डनमा रोजगारीका लागि जाने नेपाली कामदारको हकमा समेत निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था हुने भएको छ । यसअघि दुई वर्षअघि सरकारले खाडीका कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागू गरेकाेमा सम्झौतापछि अब जोर्डनको हकमा समेत सोही व्यवस्था लागू भएको हो । नेपाल र जोर्डनबीचको सम्झौतामा दुई पक्षबीच शून्य लागतमा कामदार छनोट, स्तरीय रोजगार करारनामाको वैधानिकता, न्यूनतम तलब, करारनामा अवधिको बीमा, दुवै पक्षको दायित्व बहनजस्ता व्यवस्था रहेको बताइएको छ । सम्झौतामा रोजगारदाता र कामदारको बीचको विवाद छिटो समाधान गर्न संयन्त्र गठन गर्ने तथा नेपाली कामदारको हकहित, सुरक्षा र मर्यादित रोजगारीको प्रत्याभूति गर्ने व्यवस्था रहेको पनि जनाइएको छ । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरे पनि श्रम सम्झौता हुन नसकेकाले त्यहाँ कार्यरत नेपालीको श्रमसमस्या समाधान हुन कठिन पर्दै आएको थियो । जोर्डनमा हाल करिब ८ हजार नेपाली गार्मेन्ट तथा सेवा क्षेत्रमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । नेपालले रोजगारीका लागि १ सय ९ मुलुक खुला गरे पनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएकामा जोर्डन समेत थपिएको हो । बहराइन, दक्षिण कोरिया, युएइ र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy