यस्तो छ राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा
कार्तिक ५ गते, २०७४ आइतवार 22nd October, 2017 Sun२०:०४:३५ मा प्रकाशित
काठमाडौं ।नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरका रुपमा लिइएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही रमाइला र रोचक प्रतिस्पर्धा हुने भएका छन् ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको उम्मेदवारी दर्ताका आधारमा हेर्दा ती जिल्लाका केही निर्वाचन क्षेत्रमा मुलुकभरकै मतदातालाई आकर्षित गर्ने खालको प्रतिस्पर्धा हुने देखिएको हो ।
गोरखा क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धालाई आमरुपमा रोचक प्रतिस्पर्धाका रुपमा लिइएको छ ।
नेकपा (माओवादी केन्द्र) परित्याग गरेका डा भट्टराई पछिल्लोपटक नेकपा (एमाले) र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा सहभागी भएका थिए । गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली काँग्रेससँग चुनावी तालमेल गरेका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेताका रुपमा थिए ।
उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफैँले नै निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । डा भट्टराईले गोरखाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताइरहँदा वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखाको जनमत सधैँ प्रगतिशील र परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित निश्चित रहेको बताउछन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका भट्टराई र मकवानपुर क्षेत्र नं २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न लागेका हुन् ।
यस्तै ओखलढुंगाका दुई युवा नेता रामहरि खतिवडा र यज्ञराज सुनुवार यसपटक आमनेसामने भएका छन् । खतिवडा काँग्रेसका तर्फबाट उम्मेदवार हुन् भने सुनुवार वाम गठबन्धनको संयुक्त उम्मेदवार बनेका छन् ।
उता सिन्धुपाल्चोक–२ मा पनि यस्तै रोचक प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनका संयुक्त उम्मेदरवार एमाले नेता शेरबहादुर तामाङ र राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा विगतमा जस्तै यसपटक पनि आमनेसामने हुन लागेका हुन् ।
राणा संविधानसभाको दोस्रो निर्वाचनमा तामाङसँग पराजित भएका थिए । तर यसपटक तामाङ एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार छन् भने राणा काँग्रेससँगको चुनावी तालमेलमा छन् ।
सोही जिल्लाको क्षेत्र नं १ मा माअोवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अग्नी सापकोटा र वर्तमान सरकारका प्रवक्तासमेत रहेका मोहनबहादुर बस्नेत पनि चुनावी मैदानमा छन् ।
यस्तै नुवाकोटमा पनि यसअघि दुईपटक सँगै चुनावी प्रतिस्पर्धा गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत र हितबहादुर तामाङले तेस्रोपटक सँगै उम्मेदवारी दर्ता गराएका छन् । नुवाकोट क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धामा डा महत काँग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् भने तामाङ वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन् । नुवाकोट क्षेत्र नं २ मा काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी र एमालेका तर्फबाट उम्मेदवार रहनुभएका नारायणप्रसाद खतिवडाको चुनावी प्रतिस्पर्धा पनि रोचकमध्येको एक हुने बताइन्छ ।
उता जाजरकोटमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र काँग्रेसका नेता राजीवविक्रम शाह, लमजुङमा वाम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ र काँग्रेसका उम्मेदवार दीलबहादुर घर्ती, पश्चिम रुकुममा विनाविभागीय मन्त्री जनार्दन शर्मा र लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: