Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

महाकालीमा पुल हाल्न म पहल गर्छु : हर्क साम्पाङ

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घट्टे खोलामा रहेको काठे पुलको स्थानमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गर्दै शिलान्यास गरेका हुन्।

स्थानीयबासीले बाजागाजासहित स्वागत गरेपछि सम्बोधन गर्दै साम्पाङले तुइन विस्थापनको सोच आफूले तीन वर्षअघि देखेको बताए। सामाजिक सञ्जालमा एक बालिका तुइन तर्दै गरेको दृश्य देखेपछि दार्चुलामा पुल निर्माण गर्नुपर्छ भन्ने दृढ संकल्प लिएको उनले उल्लेख गरे।

महाकाली नदीमा पुल निर्माणका लागि छिमेकी मुलुकको अनुमति आवश्यक पर्ने विषय उठेको उल्लेख गर्दै उनले आवश्यक पहल आफूले गर्ने बताए। “त्यो तुइन महाकालीमा रहेछ, जहाँ अनुमति लिनुपर्ने कुरा आएको छ। त्यसमा मैले गर्नुपर्ने पहल गर्छु,” उनले भने, “कोही पनि महाकालीमा झरेर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो।”

उनले आफूहरू राजनीति वा दल विस्तारका लागि नभई मानवीय संवेदनाका आधारमा दुम्लिङ आएको स्पष्ट पारे। श्रमदानमार्फत पुल निर्माण गरिने र यसमा सरकारको बजेट खर्च नहुने दाबी पनि गरे।

साम्पाङले अब काम औपचारिक रूपमा सुरु भइसकेकाले स्थानीय समुदायलाई सक्रिय सहयोगका लागि आह्वान गरे। महाकालीमा तुइन विस्थापनका लागि संकलित सहयोग रकम घट्टे खोलाको झोलुङ्गे पुल निर्माणमा उपयोग गरिने जनाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

सार्वजनिक यातायातको भाडा बढ्यो, नयाँ दर लागू

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य प्राविधिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धार...

पश्चिम नेपालबाट भित्रियो पानी पार्ने अर्को प्रणाली

काठमाडौं । पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) दिउँसो १:२० बजे सूचना जारी गरी वर्षा गरा...

महाकालीमा पुल हाल्न म पहल गर्छु : हर्क साम्पाङ

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङ पुगेका हर्क साम्पाङले तुइन विस्थापनको अभियानअन्तर्गत झोलुङ्गे पुल निर्माणको सुरुवात गरेका छन्। उनले घ...

१० प्रतिशतले बढ्यो सुदूरपश्चिममा गरिबी

कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश  सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा र...

अमेरिकाले इरानको पुनर्निर्माणमा पनि सहयोग गर्नेछ: ट्रम्प

काठमाडौं । युद्धविराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अब पुनर्निर्माण गर्न सक्ने बताएका छन्, जसको लागि अमेरिकाले पनि सहयोग गर्नेछ। ड...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending