जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गरेका छन ।
भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गरे। अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक कर्मभूमि जापान आएका भट्टले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विचार व्यक्त गरेका हुन। विदेशमा भएका हरेक नेपालीको सपनासँग जोडिएको उज्यालो नेपाल अभियान एनआरएनएको मात्र नभएको भन्दै उनले देश उज्यालो बनाउन २सय मेगावाट विदुतकाे आवश्यक रहेकोले त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए । यस कार्यलाई युग परिवर्तनको संज्ञा दिएका भट्टले ‘नया“ युगको सुरुआत सबैको एकसाथ’ भन्ने नारा देश बनाउन रचेको बताए। यो कार्यमा समग्र जापानवासी नेपालीको साथ सहयोग आवश्यक छ भन्दै भट्टले समग्र नेपालीले रोजेको समृद्ध देश निर्माणमा उज्यालो अभियानको नारालाई सफल पार्न विदेशमा भएका नेपालीको सहकार्य र नेपालमा भएका नेपालीबीच एकता भए असम्भव नरहेको पनि स्पष्ट पारे । कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारीले भट्टलाई खादा र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: