काठमाडौँ । नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ ।
महिला, कानून र विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरुपमा आयोजित ‘नागरिकताबाट वञ्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे । सो अवसरमा आयोगका अध्यक्ष शर्माले संविधानमा व्यवस्था गरिएका मौलिक हकको प्रावधानलाई तीन वर्षभित्र कानून बनाएर लागू गनुपर्ने व्यवस्था गरिएको बताउँदै संविधान अनुकूल नागरिकतासम्बन्धी ऐन निर्माण गरी लागू गरेपछि नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । पूर्व प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालतबाट आमाको नामबाट नागरिकता दिने नजिर प्रतिपादन गरेता पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गरे । मञ्चका अध्यक्ष तथा अधिवक्ता मीरा ढुंगानाले नेपालकै नागरिक भएर पनि नागरिकविहीन भएर बस्नुपर्ने नेपालीको पीडा सरकार तथा सरोकारवाला पक्षले बुझ्न आवश्यक भएको बताए । कार्यक्रममा मञ्चद्वारा प्रकाशित ‘नागरिकताका सम्बन्धमा न्यायालयबाट भएका केही फैसलाको सारसंक्षेप तथा प्रतिपादित नजिर’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो । प्रदर्शनीमा ५५ वटा तस्वीर राखिएका छन् । प्रदर्शनीमा राखिएका तस्वीरमा बाबु भागेका, विदेशी नागरिकसँग विवाह गरेका तर नेपालमा बसेका महिलाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको अवस्था दर्शाइएको छ ।राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: