Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

श्रीमानकै अगाडि ससुराले बुहारी कुटे

\"\"लहान । सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी छन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् ।ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । मरणसन्न हुने गरी कुटपिट गरेपनि श्रीमानले समेत नछुट्याएको र उपचारका लागि समेत नलगेको महराले बताइन । आमा बाबुका दबाबका कारणले श्रीमान्ले उपचारका लागि नलगेको उनको भनाइ छ । छोरीलाई मरणसन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् । श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् । ससुराले श्रीमान बैदेशिक रोजगारीमा गएका बेला शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । यता इलाका प्रहरी कार्यलय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले पीडितको जाहेरी नआउदा उनीहरु दैनिक तारिकमा छुटेकोे बताए । घटनामा संलग्नलाई राम सेवक यादब र उनका छोरालाई कार्बाहीका लागि पीडितले जाहेरी दिए तत्काल मुद्धा दर्ता गर्ने उपाध्यायले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy