Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रधानमन्त्रीद्वारा रासस भवन शिलान्यास

 

\"\"काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका  छन ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्याएको थियो । ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम अघि बढाएको छ । उसले आगामी २०७६ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेछ । नवनिर्माणका लागि आवश्यक आर्थिक सहयोग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपलब्ध भई अत्याधुनिक चारतले भवन निर्माण हुनेछ । भवनमा सामाचार, अडियो, भिडियो र फोटो सेवालाई समयसापेक्षरुपमा सप्रेषण गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुनेछ । निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र विसं २०१७ वैशाख ३० गते स्थापना भएको सगरमाथा संवाद समिति (ससस) गाभिएर राष्ट्रिय संवाद समितिको गठन भएको थियो । स्थापनाको १० वर्षपछि संवाद समितिलाई राष्ट्रिय समाचार समितिमा रुपान्तरण गरिएको थियो । राससले नेपाली र अङ्ग्रेजी भाषामा देशभरबाट प्राप्त महत्वपूर्ण समाचार हरेक दिन विहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म अविछिन्नरुपमा आफ्ना सेवाग्राही आमसञ्चारका माध्यमलाई विद्युतीय अनलाइन सेवामार्फत सप्रेषण गर्दै आइरहेको छ । त्यसैगरी गरी अन्तर्राष्ट्रिय समाचार संस्थाहरु एपी, एएफपी, सिन्ह्व, क्योदा, पिटीआइलगातका विश्वका प्रतिष्ठित समाचार संस्थाका समाचार नेपाली भाषामा अनुवाद गरी हरेक दिन बिहान ११ः०० बजेदेखि राति १०ः०० बजेसम्म सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ । आर्थिक, सामाजिक, राजनीतिकजस्ता विविध क्षेत्रमा अनुसन्धानमूलक गहन आलेख र आर्थिक समाचार, महत्वपूर्ण समाचारका अडियो क्लिप, स्वदेश तथा विदेशका फोटो सेवा राससले नियमितरुपमा उपलब्ध गराएको छ । मुलुकभरका गाउँपालिका, जिल्ला, प्रदेशमा स्थानीय समाचारदाता रहेका छन् भने नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका मुलुकमा स्थानीय समाचारदाता रहेका छन् । निष्पक्ष, आधिकारिक, विश्वसनीय समाचार सम्प्रेषण गर्ने समाचार बैंकका रुपमा स्थापित राससले हाल देशभरका छापा, प्रशारण तथा अनलाइन गरी २ सय ४० भन्दा बढी आमसञ्चारका माध्यमलाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । यसले आफ्नो स्थापनाको रजत जयन्ती २०४३ र स्वर्ण महोत्सव २०६८ सालमा मनाइसकेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy