बेँसीशहर । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २ सय २० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् ।
लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २ सय २० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो । यसअघि उदिपुर–भुलभुले १ सय ३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन गरिएको थियो । १ सय ३२ केभी लाइन निर्माणका क्रममा मुआब्जालगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएको समितिले सोही प्रक्रियामा २ सय २० केभी निर्माण हुन लागेको भन्दै अवरोध गर्न लागेका हुन् । आफूहरूको पहिलाकै माग पूरा नभएकाले सो माग पूरा नभएसम्म काम अघि बढ्न नदिने संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले बताए । समितिले विद्युत् प्रसारण लाइनबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाइ र वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गर्न माग गरेको छ । यसैगरी तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुन नसक्ने र बैंकलगायत कुनै पनि वित्तीय संस्थाले धितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन माग गरेको छ । विश्व बैंकको लगानीमा नेपाल सरकारले लमजुङको उदिपुरदेखि मनाङको तालसम्म २२० केभीको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो । उक्त परियोजनाले आगामी १० गते मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेमा सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ । राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: