Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बैतडी क्रिकेट संघमा सर्वसम्मत

 

\"\"बैतडी। बैतडी जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ ।

संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री र कोषाध्यक्षमा खेमराज भट्टलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा चतुरबहादुर चन्द, तेजप्रकाश भट्ट, जयदेव जोशी, बसन्तप्रकाश विष्ट, राजेश खत्री, गणेशबहादुर चन्द, गणेशसिंह भण्डारी, वीरसिंह बोहरा, टेकबहादुर चन्द र सुरज पार्की रहेका छन् । जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष रमेश बोहराको अध्यक्षतामा सम्पन्न सातौँ अधिवेशनको प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द रहेका थिए । नेपाल क्रिकेट संघको संशोधित विधानअनुसार जिल्ला अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिको कार्यकाल अगामी चार वर्षका लागि हुनेछ । विसं २०५५ मा स्थापना भएको बैतडी जिल्ला क्रिकेट संघको संस्थापक अध्यक्ष क्यान अध्यक्ष चतुरबहादुर चन्द थिए । उनले दुई कार्यकाल, जयदेव जोशी र विनोदबहादुर चन्दले जिल्ला क्रिकेट संघको नेतृत्व गरिसकेको छ ।

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनका लागि सर्वसम्मतरुपमा केन्द्रीय प्रतिनिधिमा क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई चयन गरेको छ । बैठकले प्रान्तीय क्षेत्रिय अधिवेशन प्रतिनिधिमा क्यानका पूर्व केन्द्रीय सदस्य जयदेव जोशी, पूर्व क्षेत्रीय सचिव तेजप्रकाश भट्ट, वसन्तप्रकाश विष्ट र तेजबहादुर चन्दलाई चयन गरेको छ ।

प्रदेश नं ७ का ८ जिल्लासहित नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएका देशका ३९ सबै जिल्लामा बुधबारसम्म अधिवेशन सम्पन्न भइसकेको बताइएको छ ।

प्रदेश नं ७ को दार्चुलामा देवेन्द्र भट्ट, बझाङमा प्रविन्द्र धामी, डोटीमा दिनेश सिंह, कैलालीमा रतन कठायत र कञ्चनपुरमा वीरेन्द्र चन्द अध्यक्षमा चयन भएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy