Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वाम गठबन्धनलार्इ दुइतिहाइ अाउने क्षेत्र

\"\"बर्दिया । माअाेवादीकाे पकेटक्षेत्र भनेर चिनिने प्रदेश नम्बर पाँचको बर्दियामा वाम गठबन्धनले दाेब्बर मत ल्याउने राजनैतिक वृतमा परिचर्चा हुने गरेकाे छ । जनयुद् हाेस या शान्तिकालिन दुवै समयमा माओवादीका लागि याे जिल्लाले राम्राे भुमिका खेलेकाे छ । युद्ध छोडेर शान्ति प्रक्रियामा आएपछि भएका निर्वाचनमा माअाेवादीले याे जिल्लाबाट राम्रै भोट ल्याएकाे छ।  कम्युनिष्टकाे क्षेत्र भनेर चिनिएकाे जिल्ला पनि हाे । स्थानीय तह निर्वाचन २०७४ मा बर्दियाले  कम्यूनिष्ट पार्टीलाइ दिएकाे  मतलाई आधार मान्दा  वाम गठबन्धन नै यहाँ पहिलाे हुने देखिन्छ। ४ निर्वाचन क्षेत्र रहेको बर्दिया अहिले २ निर्वाचन क्षेत्रमा सिमित गरिएको छ। क्षेत्र नम्बर १- मा बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका केही वडासहित ३८ वटा वडा छन्। गाउँ भन्दा धेरै नगर भएको यो क्षेत्रमा स्थानीय तह चुनावको नतिजा हेर्दा सबभन्दा बढी मत एमालेको  ३१ हजार २ सय ६० पुग्छ भने माओवादी केन्द्रले २४ हजार ४ सय ५२ मत पाएको छ । दुवैकाे जाेड्दा ५५ हजार ७ सय १२ हुन्छ । यता  कांग्रेसले २३ हजार ५ सय ३०  मत ल्याएको छ। कांग्रेसमा मिसिएको लोकतान्त्रिक फोरमले यहाँ ४ हजार २ सय ५० मत पाएको थियो भने संघीय समाजवादी फोरम र राप्रपाले यो क्षेत्रमा क्रमशस्  २हजार २ सय ३७ र १ हजार ३३ मत पाएका छन्। कांग्रेसले तालमेल गरेका तीनै पार्टीको मत जोड्दा पनि ३१ हजार ५० हुन अाँउछ, यो एमालेको एक्लैको जति पनि पुग्दैन। एमाले र माओवादीको मत जोड्ने हो भने यो क्षेत्रमा वाम गठबन्धन निकै बलियो देखिन्छ। स्थानीय तहमा  माओवादी र एमालेको मत जोड्ने हो भने  ५५ हजार ७ सय १२ पुग्छ। यो कांग्रेस राप्रपा र मधेवादी दलहरुको भन्दा  दोब्बर मत हो। क्षेत्र नम्बर २- मा क्षेत्रका २८ वडामा माओवादीलाई ३१ हजार १ सय ४६ मत अाएको छ भने एमालेलाई २२ हजार ९ सय ८४ छ। दुवैकाे जाेड्दा यहाँ ५४ हजार १ सय ३० हुन्छ । कांग्रेसले २७ हजार ७ सय २२ मत पाएको छ भने फोरम लोकतान्त्रिकले ३ हजार ५ सय ८६  र राप्रपाले १ हजार ८ सय १६  मत ल्याएकाे छ याे सवै जोड्ने हो भने  यहाँ कांग्रेसको पक्षमा  ३३ हजार १ सय २४ मत आउँछ। वाम गठबन्धन र  लाेकतान्त्रिक गठबन्धनलाइ अाँकलन गर्दा यहाँ वाम गठबन्धनलाइ दुबै क्षेत्रमा बहुमत अाउने पक्का छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy