Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

दार्चुलामा १ सय २९ मतदान केन्द्र कायम

 

\"\"दार्चुला । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानका लागि जिल्लाभरी १ सय १० मतदानस्थल र १ सय २९ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो पटक मालिकार्जुन मावि आगरमा एउटा मतदान केन्द्र थपिएसँगै मतदान केन्द्रको संख्या १ सय २९ पुगेको हो । १ हजार ६४ भन्दा बढी मतदाता भएको स्थलमा दुईवटा मतदान केन्द्र कायम हुने मापदण्डअनुसार मतदान केन्द्र थप भएको हो । कायम गरिएका मतदान केन्द्र अधिकांश विद्यालय भवनमा रहेका छन् । महाकाली नगरपालिकाका दुईवटा मतदानस्थल बाहेक सबै मतदानस्थल विद्यालयमा कायम गरिएका जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिए । महाकाली नगरपालिका– ३ को स्वास्थ्य चौकी भवन बाँझ र वडा नं ५ स्थित अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय बाहेकका सबै केन्द्र विद्यालयमा कायम गरिएको छ । जिल्लामा सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १७ वटा मतदान स्थलमा २२ वटा मतदान केन्द्र रहेका छन् । शैल्य शिखरमा ६ हजार ३९१ पुरुष र ६ हजार ४९६ महिला गरी कुल १२ हजार ८८७ मतदाता रहेका छन् । यस्तै सबैभन्दा कम अपी हिमाल गाउँपालिकामा ८ मात्रै मतदान केन्द्र कायम गरिएका छन् । अपी हिमालमा दुई हजार १३९ पुरुष र दुई हजार २३ महिला गरी कुल चार हजार १६२ मतदाता रहेका छन् । यसैगरी, दुहु गाउँपालिकामा पाँच मतदानस्थल तथा नौवटा मतदान केन्द्र रहेका छन् । दुहुमा ३ हजार ५ सय ४० पुरुष र ३ हजार ४९८ महिला गरी कुल ७  हजार ३८ मतदाता रहेका छन् । ब्यास गाउँपालिकामा ११ वटा मतदानस्थलमा १३ वटा मतदान केन्द्र रहेका छन् । यहाँ ३ हजार ५ सय ३१ पुरुष र ३  हजार ४०१ महिला गरी कुल ६ हजार ९ सय ३२ मतदाता रहेका छन् । महाकाली नगरपालिकामा ५ हजार ९ सय ५० पुुरुष र ५ हजार ९ सय ८८ महिला गरी कुल ११ हजार ९ सय ३८ मतदाता रहेका छन् । यहाँ १५ मतदानस्थलमा १८ मतदान केन्द्र कायम गरिएका छन् । मालिकार्जुन गाउँपालिकामा १५ मतदानस्थलमा १८ मतदान केन्द्र रहेका छन् । यहाँ ५  हजार १ सय ६९ पुरुष र ५  हजार ७० महिला गरी १० हजार २ सय ३९ मतदाता रहेका छन् । यस्तै, लेकम गाउँपालिकामा १३ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र कायम गरिएका छन् । लेकममा ४ हजार ३ सय ९१ पुरुष र ४ हजार ४ सय ४३ महिला गरी कुल मतदाता संख्या ८  हजार ८ सय ३४ रहेको छ । नौगाड गाउँपालिकामा १२ वटा मतदानस्थल तथा १३ वटा मतदान केन्द्र रहेका छन् । ४ हजार ३ सय २९ पुरुष र ३ हजार ९ सय २९ महिला गरी कुल ८ हजार २ सय ५८ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ४ हजार १ सय ४५ पुरुष र ५ हजार ७९ महिला गरी कुल ८ हजार २ सय २४ मतदाता रहेको मार्मा गाउँपालिकामा १४ वटा मतदानस्थल तथा १५ वटा मतदान केन्द्र कायम गरिएका छन् । १ हजार ६४ भन्दा बढी मतदाता भएको स्थलमा दुईवटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी पाण्डेले बताए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy