रत्ननगर । चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो । सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिए । यसपालि मतदाताको आधारमा न्यूनतम ११ जनादेखि अधिकतम ५० जनासम्म प्रहरी मतदान केन्द्रमा खटिने छन् । सशस्त्र प्रहरी र नेपाली सेनाको अर्काे तहको घेरा भने यथावत् रहने उनले बताए । जिल्लामा १६१ मतदानस्थलमध्ये १०९ मतदानस्थललाई भने संवेदनशील क्षेत्रमा राखिएको छ । जिल्लाका कुनै पनि मतदानस्थललाई सामान्यको सूचीमा नराखेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए । केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले बनाएको सुरक्षा योजनाअनुसार निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात्का फरक फरक सुरक्षा योजना बनाइएको उनले बताए । पूर्व सुरक्षा योजनाको काम पूरा भएर प्रहरीले निगरानी थालेको बताउँदै प्रजिअ भटृले यसपटकको १६१ मतदानस्थलको ४०८ मतदान केन्द्रमा चार घेरामा सुरक्षाकर्मी परिचालन हुने उल्लेख गरे । उनका अनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरीसहितका जनपद प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, त्यसपछि सेना र आवश्यकताअनुसार अनुसन्धान टोली परिचालन गरिनेछ । महिला प्रहरी हरेक केन्द्रमा अनिवार्य रहने छन् । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुनेछन् । तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । चितवनमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: