दमक । विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ ।
दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका लागि भारतको कोलकाता पुगेको हो । अध्ययन टोलीमा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, कार्यकारी अधिकृत युवराज दाहाल, दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेसहित विज्ञान शिक्षक तथा प्राविधिकहरु रहेका छन । नगरपालिकाको सहयोगमा दुई वर्षअघिदेखि निर्माण शुरु गरिएको सो विज्ञान पार्कमा शुरुवातताका घेरावाराका केही काम सम्पन्न भइसकेका छन् । दमक नगरपालिकाका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले भारतमा पुगेको टोलीले त्यहाँ रहेका विज्ञानपार्कहरुको स्थलगत अवलोकन तथा अध्ययन गर्ने जानकारी दिइन । उपप्रमुख अधिकारीले छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरमा निर्माण भएका विज्ञान पार्कको स्थलगतरुपमा अध्ययन तथा अनुगमन गरी सोहीअनुरुपका संरचना तथा पूर्वाधार निर्माण गर्न सघाउ पुग्ने बताइन ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: