Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

माओवादी केन्द्रको समानुपातिकमा कर्णालीकी दुर्इ चेलीसहित पूर्व मन्त्री देखि सभामुख सम्म

\"\"काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले कर्णालीकी दुई चेलीलाई समानुपातिकबाट उम्मेदवार बनाएको छ । केन्द्रले समानुपातिक सुचिको ४ नम्वरमा डोल्पाकी सत्य पहाडी र कालीकोटकी यसोधा न्यौपानेलाई राखेको छ । कलकलाउदो उमेरमा स्कुल छोडेर सानै उमेरमा जनयुद्धमा होमिएकी सत्यपहाडी राजनीतिमा दख्खल राख्ने नेतृको रुपमा परिचित छन् । समानुपातिकको चौंथो नम्बरमा परेकी पहाडी र चौधौं नम्बरमा परेकी न्यौपाने झुपडीका सपना साकार पार्ने र सर्वहारा वर्गलाई राज्यको मुल प्रवाहमा ल्याउने बताउ छिन् । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकको सुचिमा पूर्व मन्त्री, सभाषद, साँसद र पूर्व उपसभामुख र सभामुख समेतलाई समेटेको छ । समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह पनि माओवादी केन्द्रको समानुपातिक सुचिमा परेका छन् । पटक पटक मन्त्री भएका सिंह माओवादी केन्द्रको चुनाव चिन्ह हँसीया हथौडाबाट चुनाव लड्ने घोषणा गरेसंगै माओवादी केन्द्रले समानुपातिकको सुचिमा पारेको हो । माओवादी केन्द्रले समानुपातिकको १ नम्बरमा पूर्वमन्त्री रेखा शर्मा, दोस्रो नम्बरमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, तेस्रो नम्बरमा धर्मशिला चापागाईँलाई समानुपातिक उम्मेद्वारको सुचिमा समेटेको छ । सभामुख अाेनसरी घर्ती पनि समानुपातिकमा नै समेटेकाे छ । उनि समानुपातिकाे  ३७ अाैं नम्वरमा छन । दलितका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य तिलक परियार पनि समानुपातिक सुचिमा छन् । उनले राज्यको अभिन्न अंगमा दलित समुदायलाई पूर्ण समानुपातिक प्रणार्ली र थप विशेष अधिकार सहितको व्यवस्था कायम गराउन पहल थाल्ने बताएका छन् । पहिलो संविधान सभामा दलित समुदायका तर्फबाट मस्यौदा तयार गरेर हाउसवाट पारित भएको कार्यान्वयन गर्ने बेला संविधान सभा नै विघटन भएको स्मरण गर्दै तर विघटन भएको पहिलो संविधान सभाको स्वामीत्व दोस्रो संविधान सभाले ग्रहण गरेपछि पनि दलित समुदायले तयार पारेको मस्यौदा कार्यान्वयनकाे सट्टा रद्धेको टोकरीमा मिल्काएर दलित समुदायका हकअधिकार माथि राज्यले गद्धारी गरेको आरोप लगाए । उनले राजनीतिले छलाङ्ग मारेको भन्दै वाम गठवन्धनका उम्मेद्धारलाई जिताउन आग्रह गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: